Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

निर्वाचन आइसक्यो प्रदेशको अस्थायी राजधानी अझै टुंगो छैन

Thursday, 11.09.2017, 12:30pm (GMT+6.5)    | Comment | Print | Tell friend

२३ कार्तिक २०७४

काठमाण्डौ


प्रदेश निर्वाचनको मिति नजिकिदै गएपनि सरकारले प्रदेशको अस्थायी राजधानी सकेक छैन । प्रदेशसभाको निर्वाचन लगतै प्रतिनिधिको सपथ ग्रहणमा समेत समस्या हुने देखिएको छ । प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न सकेको छैन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम गर्ने तयारी भइरहेको जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको सचिवालय गठनका लागि प्रदेशसभाको बैठक सञ्चालन हुनुपर्छ । बैठक सञ्चालनका लागि सचिवालय आवश्यक पर्छ । यस्तो कानुन बन्न प्रदेशसभाको अधिवेशन बस्नुपर्छ हुन्छ । प्रदेशसभा सचिवको नियुक्ति प्रदेशसभाका सभामुखको सिफारिसमा प्रदेश प्रमुखबाट हुनुपर्छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top