Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

सुनुवार समाज हङकङको देउसी कार्यक्रम सम्पन्न

Monday, 11.06.2017, 09:24am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा

     ४ नोभेम्बर, हङकङ– सुनुवार समाज हङकङद्धारा बलिहाङ तिवारको उपलक्ष्यमा देउसी तथा भेटघाट कार्यक्रम–२०१७ जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न गर्यो ।
    समाजका अध्यक्ष एल.बी.मुखियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, बगैचा लिमिटेडका अध्यक्ष तथा सुनुवार समाजका सल्लाहकार समेत रहेका नरेश सुनुवार, समाजकै सल्लाहकार तथा संस्कृतिविद अतित मुखिया, नेपाल फाइनान्सका डाइरेक्टर धिरज कुमार राई, किरात साम्पाङ राई जुम्लेखाका अध्यक्ष तेज कुमार राई, किरात बान्तावा यायोक्ला खिमका अध्यक्ष तिलक मोहन राई, किरात पुमा राई तुप्खा बाङखालाका अध्यक्ष पेनगुन राई लगायतका व्यक्तित्वहरु रहेका थिए ।
     कार्यक्रमका सभापति र प्रमुख अतिथिद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको छोटो औपचारिक कार्यक्रममा समाजका सल्लाहकार नरेश सुनुवारले श्वागत मन्तब्यसंगै सुनुवार जातीमा द्यौसि भैलो कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए भने प्रमुख अतिथि रजिन राईले शुभकामना मन्तव्य राख्ने क्रममा देउसी भैलोको शुरुवात साथै किरातीहरु लगायत आदिबासी जनजातीहरुमा त्यसको महत्व माथि बोलेका थिए । त्यस्तै गरी याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान, संस्कृतिविद एवं सुनुवार समाज हङकङका सल्लाहकार अतित मुखिया लगायतले समेत शुभकामना मन्तव्य राखेका थिए ।
     सृष्टि सुनुवारद्धारा संचालन गरिएको छाटो औपचारिक कार्यक्रमका सभापति एल.बी. मुखियाद्धारा मन्तव्य राख्ने क्रममा किराती मिथक अनुसार बलिहाङ ताङनामसंग जोडिएको किरातीहरुको चाड देउसीलाई सुनुवार समाजको स्थपनाकाल देखि नै विशेष रुपमा मनाउँदै आएको र यस पटकको कार्यक्रमलाई पनि भव्य रुपले सफल बनाउँन उपस्थित सबै प्रति हार्दिक आभार सहित पहिलो चरणको कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
औपचारिक कार्यक्रमको समापनसंगै देउसी भैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै दोस्रो चरणको कार्यक्रम समेत सम्पन्न भएको थियो ।





Hot News

 

SEARCH

Newsletter

Top