Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

चिकित्सा शिक्षा अध्यादेश पारित

Monday, 10.23.2017, 03:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

६ कार्तिक २०७४

काठमाडाै

अन्त्त सरकाले डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । अध्यादेशमा एउटा विश्वविद्यालयले बढीमा पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्ध दिन सक्ने प्रावधान छ। यही व्यवस्थामा टेकेर सोमबार बसेको मन्त्रिपरिषद  बैठकले अध्यादश जारी गरेको हो। सो धाराअनुसार अध्यादेश ऐन सरह लागू मान्य हुन्छ। जारी अध्यादेश संघीय संसदको दुवै सदनमा पेश गर्दा अस्वीकृत भएमा वा संसद बैठक सुरु भएको ६० दिनभित्र पारित नभएमा निस्क्रिय हुने प्रावधान छ। केदारभक्त माथेमा कार्यदलले पेश गरेको प्रतिवेदनको मर्मलाई ध्यानमा राख्दै सरकारले अध्यादेश ल्याएको हो। यो प्रावधानअनुसार अब त्रिभुवन र काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने छैनन्। उनीहरुले पहिलै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका छन्। राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी अध्यादेशमा सरकार र सार्वजनिक शिक्षण संस्थाले कम्तिमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान छ। यो व्यवस्थाअनुसार अबदेखि वीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, आइओएम तथा पाटन शिक्षण अस्पतालले कम्तिमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top