Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन

Wednesday, 10.18.2017, 12:11am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
     १५ अक्टुबर, हङकङ– ८ नं. ताइफुनको बीच पनि किरात राईहरुले पूर्व निर्धारित देउसी भैलो कार्यक्रम सुप्तुलुङ खीममा बाकुलो उपस्थितिका बीच मनाए ।
     विगतका वर्षहरुमा किरात राई यायोक्खा र मातहतका भाषिक संस्थाहरुले छुटृा छुटैृ  देउसी भैलो मनाउँदै आएकोमा यस पटक भने किरात राई यायोक्खा हङकङ मूल संयोजक र यायोक्खा मातहतका भाषिक संस्थाहरु चाम्लिङ खाम्बातिम, साम्पाङ जुम्लेखा, बान्तवा यायोक्खा, पुमा तप्खा बाङखला, थुलुङ सामा, दुमी फन्सिकिम र कोयी कोयु किमले एकैसाथ देउसी भैलो कार्यक्रम मनाए । 
    यायोक्खाका अध्यक्ष रजिन राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यायोक्खाका प्रमुख कुबिमी श्रेष्ठबहादुर राई, सुनुवार समाज हङकङका अध्यक्ष एल.बी.मुखिया लगायत अन्य ७ वटा भाषिक संस्थाका अध्यक्षहरुलाई विशेष अतिथिका रुपमा आशन ग्रहण गराईएको थियो ।
     श्वागत सहित शुभकामना मन्तब्य राख्ने क्रममा कार्यक्रम संयोजक एवं यायोक्खाका प्रथम उपाध्यक्ष हरिचन्द्र राईले विगतका वर्षहरुमा हङकङबासी राईहरुले छुटृा छुटैृ रुपमा देउसी भैलो मनाउँदै आएकोमा समय साथै खर्चको समेत बचतलाई मध्यनजर गर्दै यस पटकबाट एकैसाथ देउसी भैलो मनाएको र आगामी दिनहरुमा पनि सबै भाषिक संस्थाहरुसंग आवश्यक समन्वय गर्दै अझ प्रभाकारी रुपमा यसैलाई निरन्तरता दिने बताए ।
    शुभकामना मन्तब्यकै क्रममा यायोक्खाका अध्यक्ष रजिन राईले विगत देखि नै सबै भाषिक संस्थाहरुको यायोक्खा प्रति अमुल्य साथ सहयोग रहदै आएको र अझ देउसी भैलो कार्यक्रममा पहिलो पटक सबै मिलेर एकसाथ मनाउँन पाएकोमा ज्यादैनै गौरव लागेको बताए ।
    यायोक्खाका सचिव बज्र कुमार राईद्धारा संचालित छोटो औपचारिक कार्यक्रमको समापनसंगै उपस्थित सबैले देउसी भैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै दोस्रो चरणको कार्यक्रम समेत सम्पन्न भएको थियो ।
    ८ नं ताइफुनको बापजुद पनि युन लङ के.सी.आर. स्टेशनबाट सुप्तुलुङ खिमसम्म आउँन–जान निःशुल्क बसको समेत व्यावस्था गरिएको उक्त कार्यक्रममा बी.बी.क्यू., सेल रोटी लगायत विभिन्न किराती परिकारहरु समेत उपलब्ध थियो ।

 फोटो–जजिन चाम्लिङ राईको फेसबुकबाट साभार




Hot News

 

SEARCH

Newsletter

Top