Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > News

मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन

Monday, 10.16.2017, 02:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

१५ अक्टोबर २०७४

कोबर्ग, मेलबर्न

भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी 'तुफान' द्धारा लिखित दोश्रो कृति 'पर्खिरहेक घर' बिमचन कार्यक्रम एकै साथ गरिएको छ । नेपालीमा एम एड गर्नु भएकी कवियत्री पहारीद्धारा यस अघि 'बाटो छेक्छन जून ताराले' प्रकाशित गरिसक्नु भएकोछ । कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले तिहारको शुभ-कामना ब्यक्त गर्दै कवियत्री पार्बती पहारीलाई बिदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो पुस्तक प्रकाशित गर्नु भएकोमा बधाई ज्ञापन गर्नु भयो । आयोजक साहित्य-संगीत जमघटलाई यस किसिमका कार्यक्रम आयोजना गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस्तै श्रस्टा र कार्यक्रमले गर्दा नै नेपाली भाषा र साहित्य बिदेशमा पनि सशक्त रुपमा फैलिरहेको बिचार ब्यक्त गर्नु भयो ।

साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेलले बिमोचित कविता संग्रह 'पर्खिरहेको घर' को समीक्षा गर्नु भएको थियो । कार्यक्रममा बिद्या पौडेल, माधव पौडेल, इश्वरी पौडेल, अनन्त पौडेल, डा. अनुपम पोखरेल, दिकपाल पंगेनी, डा. साबित्रा काफ्ले, हेम नेपाल, उत्तम पन्तले कविता वाचन गर्नु भएको थियो भने रामजी पौडेल, अशोक खतिवडा र बम योन्जनले गीत गाउनु भएको थियो । कार्यक्रममा श्रस्टाद्धारा अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेल र न्याभका अध्यक्ष डा. अनुपम पोखरेललाई मायाको चिनो प्रदान गरिएको थियो  । कार्यक्रमको सन्चालन पत्रकार वासुदेब मरहट्टाले गर्नु भएको थियो ।


प्रभा श्रेष्ठ

Hot News

 

SEARCH

Newsletter

Top