Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > News

अनशनरत डा. दुबैको अवस्था गम्भीर

Thursday, 10.12.2017, 12:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ असोज २०७४

काठमाडौं

करार नियुक्तिको माग गर्दै १५ दिनदेखि  आमरण अनशनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक डा. महेश गजुरेलको अवस्था गम्भीर बनेको छ । सात महिनादेखि चरणबद्ध आन्दोलन गर्दा पनि सरकारले माग सम्बोधन नगरेपछि गजुरेल आमरण अनशनमा बसेका हुन् । १५ दिनदेखि अनशनरत डा. महेशकुमार गजुरेलले माग पूरा नभएसम्म अनशन नतोड्ने गजुरेलको भनार्इ छ । उनको छाती र पिसाबमा संक्रमण देखिएको छ ।२०४६ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले ०४७ मा र २०६२/६३ को परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले आंशिक प्राध्यापकका समस्याको निकास दिएको उल्लेख गर्दै गजुरेलले हालको सरकारले पनि तुरुन्त निकास दिनुपर्नेमा जोड दिए ।संघका पूर्वअध्यक्ष शर्माका अनुसार गजुरेलको छाती र पिसाबमा संक्रमण देखिएको छ । गजुरेलको अवस्था गम्भीर बन्दा पनि सरकार मागप्रति संवेदनशील नभएको भन्दै उनले चिन्ता व्यक्त गरे ।आंशिक प्राध्यापक ७ महिनादेखि शान्तिपूर्ण आन्दोलनमा छन् । पछिल्लो समयमा ६४ दिन रिले अनशन बसेपछि पनि माग पूरा नभएकाले आमरण अनशन बस्नुपरेको शर्माले बताए । त्रिभुवन विश्वविद्यालयले सरकारलाई १ हजार ४ सय २० दरबन्दी थपे आंशिक प्राध्यापकको माग सम्बोधन हुने प्रस्ताव पठाइसकेको छ । शिक्षाको प्रस्तावमा अर्थले स्वीकृति दिएको छैन । अर्थले स्वीकृति नदिएसम्म आंशिक प्राध्यापकको माग सम्बोधन हुँदैन । यता चिकित्सा शिक्षा विधेयक पारितलगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य पनि जटिल बन्दै गएको छ । एक चिकित्सकका अनुसार स्वास्थ्य अवस्था खस्किने र महत्वपूर्ण अंगका कार्यमा उतारचढाव देखिन थालेपछि उनको उपचारमा २४ घन्टे मोनिटर सुरु गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको मुटुको चालमा गडबढी र श्वासप्रश्वाससमेत समस्या देखिन थालेको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top