Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

राष्ट्रियसभा सदस्य निर्वाचनका बारे र माओवादी केन्द्रबीच विवाद

Wednesday, 10.11.2017, 01:07pm (GMT+6.5)    | Comment | Print | Tell friend

२५ असोज २०७४

काठमाडौ

राष्ट्रियसभा सदस्य निर्वाचनका बारे व्यवस्थापिका संसदको बैठकमा पेश गरिएको विधेयकमा सत्तारुढ दलहरुबीच नै विवाद देखिएको छ । विधेयक पारित गर्ने कार्यसूची रहेको संसदमा सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रबीच विवाद देखिएको हो । बहुमतीय प्रणालीका आधारमा राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने विधेयकमा राखिएको व्यवस्था विपरित प्रमुख दल नेपाली कांग्रेस उभिएपछि विधेयक अघि बढ्न सकेन । मंगलबार बसेको संसदको बैठकमा कांग्रेसले संविधानको भावना एकल संक्रमणीय रहेकाले सोही अनुसार विधेयक आउनुपर्ने अडान राखेको छ । वामपन्थी गठबन्धन बनाएका माओवादी केन्द्र र नेकपा एमाले विधेयकमा राखिएको बहुमतीय प्रणालीका आधारमा निर्वाचन हुनुपर्ने पक्षमा उभिएका छन् । व्यवस्थापिका संसद्को कार्यकाल सकिन लागेका बेला सत्तापक्षमै मतभेद देखिएको हो । यसअघि कांग्रेससँगको समझदारीमा नै विधेयक ल्याइएको माओवादी केन्द्रको भनाइ छ । माओवादीले गृह मन्त्रालयले पेश गरेको विधेयक सरकारको भएकाले सहमतिकै आधारमा विधेयक ल्याइएको बताएको छ । उसलाई साथ दिएको प्रमुख प्रतिपक्षी एमालेले पछिल्लो राजनीतिक घटनाक्रमपछि काँग्रेसले विधेयकमा परिवर्तन गर्न खोजेको दाबी गरेको छ । दलहरुले संविधान अनुकूल भन्दै आ–आफ्नो ढंगले संवैधानिक व्यवस्थाको व्याख्या गरे पनि संविधानमा राष्ट्रिय सभा निर्वाचन प्रणाली संघीय कानून बमोजिम हुने उल्लेख छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । ५९ सदस्यीय राष्ट्रिय सभामामा ५६ जना निर्वाचनबाट र ३ जना मनोनित हुने व्यवस्था छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top