Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

हत्यारा तत्काल पक्राउ नगरे विकास निर्माणका कार्य बन्द पार्ने

Wednesday, 10.11.2017, 12:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

२५ असोज २०७४

काठमाडौं

महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने  नेपाल निर्माण व्यवसायी महासंघले चेतावनी दिएका छ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए । उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझने जानकारी गराए । महासंघका अध्यक्ष गौचनको सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कनेबित्तिकै गोली हानी हत्या गरिएको थियो । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा महासचिव देउजाले अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि नम्बर नखुलेका टेलिफोनबाट धम्कीपूर्ण शैलीमा पैसा माग्ने काम भइरहेको बताए । उनले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्ध गर्न पनि सरकारसँग माग गरे । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनका हत्यारालाई जतिसक्दो छिटो पक्राउ गर्न सरकारसँग माग गरेकी छिन् । गौचनको हत्यारा पत्ता लगाउन  सरकारलाई दबाब स्वरुप आज काठमाण्डौंको माइतीघरमा धर्ना दिने भएको छ । अहिले केहिबेरमा माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा धर्ना दिने महासंघका महासचिव रामशरण देउजाले जानकारी दिनुभयो ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top