Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

गीतकार सुक गुरुङलार्इ रू.१,३६,६४५।– सहयोग

Tuesday, 10.10.2017, 05:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ असोज २०७४

 काठमाडौँ

गीतकार सुक गुरुङले उपचारका लागि रू.१,३६,६४५।सहयोग पाएका छन् । साधना अनलाईन संगीत समुह र गीतकार संघ नेपालको सहकार्यमा सहयोग रकम संकलन गरेका हुन। सहयोग रकम आज काठमाडौ स्थित गीतकार सङ्घ नेपालको कार्यालय,विजुलिबजारमा गीतकार सुक गुरुङलार्इ प्रदान गरिएको थियो । गीतकार तथा संगीतकार बिरामी भै विगत ३ बर्ष देखि उपचारत हुनुहुन्छ । वहाँको दृष्टि पनि गुम्न गएको छ । वहाँलाई विभिन्न संघ संस्था र गीत संगीत प्रेमी व्यक्ति तथा समुहले उपचार खर्च जुटाउँदै आएका छन ।

सुक गुरुङ नेपाली गीत संगीतमा राम्ररी परिचित नाम हो । वहाँले विगत ३ दशक देखि नेपाली गीति लेखनमा अनवरत साधनारत हुनुहुन्छ । गीत लेखन मात्र नभएर संगीत सिर्जनामा पनि वहाँ त्यत्तिकै सक्रिय हुनुहुन्छ । वहाँका थुपै एकल एल्बमहरु बजारमा छन । सिरानी , निवेदन , इसारा, सूचना जस्ता एल्बमहरु बजारमा प्रकाशित छन । नयाँ देखि पुराना गायक गायिकाले स्वर दिएका वहाँका गीतमा अरुण थापा , कुन्ती मोक्तान , सुक्मीत गुरुङ, राजेश पायल राई, सुमित खड्का ,शर्मिला वर्देवा आदि वरिष्ठ तथा कनिष्टको स्वर छ । आखैँमा झलझली , छेक्यो छेक्यो देउराली डाँडा , भाईटिकामा भेट्न आउला , माया यो माया , दोष कसैलाई दिन्न म , कात्रोमा गोजी हुँदैन जस्ता लोक प्रिय गीतहरु नेपाली स्रोता सामु पस्कनु भैसकेको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top