Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > News

ओलीकै नेतृत्वमा पार्टी निर्वाचनमा जाने

Tuesday, 10.10.2017, 02:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ असोज २०७४

काठमाडौं

नेकपा एमालेले अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी निर्वाचनमा जाने निर्णय गरेको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । यस्तै निर्वाचनको समग्र परिचालन र संयोजनको जिम्मा समेत अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । विभिन्न जिल्लाबाट सिफारिश भएका उम्मेदवारीबारे छानबिन गरेर प्रकृया अघि बढाउने, चुनावी घोषणापत्र निर्माण र अन्य दलसँग सिट बाँडफाँडबारेको छलफललाई छिट्टै निश्कर्षमा पुर्‍याउने निर्णय बैठकले गरेको उपाध्यक्ष भिम रावलले जानकारी दिए । समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुङ्गो आगामी बिहीबार र शुक्रबार बस्ने स्थायी समिति बैठकले लगाउने नेता रावलले जानकारी दिए । एमाले स्थायी समिति बैठकले स्वदेश र प्रवासमा रहेका सम्पूर्ण कार्यकर्ताहरुलाई निर्वाचन अभियानमा सक्रियताका साथ लाग्न पनि आग्रह गरेको छ । त्यस्तै हिजो राजधानीमा गोली प्रहार गरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको प्रति एमालेले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ । दोषी पत्ता लगाई तत्काल कारबाही थाल्न एमालेले सरकारसँग माग पनि गरेको छ । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top