Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानि हत्या तीन जनालाई रिभल्वरसहित पक्र

Tuesday, 10.10.2017, 02:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ असोज २०७४

काठमाडौं

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानि हत्या भएको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले सुरुमा गडीमाथि एक ब्यक्ती ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारपछि अर्को एक ब्यक्तीले गोली प्रहार गरिएको थियो। गोली प्रहारपछि गुलाबी रंगको टिसर्ट लगाएका ती व्यक्ति घटनास्थलभन्दा उत्तर दौडिएका थिए। त्यहाँ मोटरसाइकलमा अर्का एक व्यक्ति पर्खिरहेका थिए। त्यही मोटरसाइकल चढेर सुटर भागेको उनले जानकारी दिए। घटना लगतै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। गौचनको हत्याको संलग्न भएको शंकामा प्रहरीले तीन जनालाई रिभल्वरसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गौचन हत्याको आधा घन्टापछि मनमैजू क्षेत्रबाट तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एआइजी जयबहादुर चन्दले बताए। उनीहरुसँगबाट हतियारसमेत बरामद भएको र घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर हालसम्म प्रहरीले आधिकारीक रूपमा सार्वजानिक गरेको छैन । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top