Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > News

हङकङमा चौरासी बर्षिय भलमान राईको "मेरो भोगाई" आत्माकथाको परिचर्चा,

Monday, 10.09.2017, 07:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
नेपाली जनमानसमा चौरासी नम्बर बिशेस मानिन्छ। हिन्दु धार्मिक मान्यता अनुसार मानिस भएर जन्मन चौरासी लाख जुनि पार गरेर आउनु पर्दछ। त्यसै गरि चौरासी बर्षको उमेर सम्म बाचीबर्ति जादा उक्त ब्यक्तीको विशेष जन्मदिन मनाएर थप दिर्घायुको कामना गरिन्छ भने उक्त ब्यक्तिले पनि आफुले जिवनमा देखेका भोगेका कुराहरु अरुलाई सुनाएर अर्ति उपदेश दिने गर्छन। तर भोजपुरमा जन्मिएका खोटाङका भलमान राईले भने चौरासी वर्ष सम्म आफुले जीवन भोगाईको अनुभवहरु पाठक समक्ष आत्मकथाको सङ्गालो"मेरो भोगाई" नामक पुस्तक मार्फत पस्किएका छन।
२४८ पृष्ठ बाक्लो उक्त पुस्तक यति पाको उमेरमा लेख्न सक्नु लेखकको स्मरण शक्तीलाई सहजै अनुमान गर्न साकिन्छ। उक्त पुस्तक बारे गत बिहिबार नया पेजको कार्यलय जोर्डनमा साहित्यकर्मि, समाजसेवी, बौद्दिक ब्यक्तीहरुको जमघटमा चर्चा परिचर्चा गरियो। बौद्धिक मानिने किन्दर राईले पुस्तकको लेखोट समीक्षा गरेका थिए। अर्का साहित्यकार बज्र थुलुङले चौरासी बर्षको उमेरमा यस्तो पुस्तक लेख्ने ब्याक्ती सम्भवत एशियामै पहिले हुन सक्ने अनुमान गरे। साहित्यकार डिबि पालुङ्वा, बौद्धिक ब्यक्तित्वहरु हेजेन राई, रजिन राई, तिलक वालाहाङ आदिले समेत लेखकको प्रसम्सा गर्दै कसैले डमुमेन्ट्री, फिल्म तथा अङ्ग्रेजी सस्करणमा समेत प्रकाशित गर्न सुझाव दिएका थिए।
१८ बर्ष सम्म बेलायती सेनामा काम गरि मलेसियाको युद्द अनुभव बटुलेका लेखकको त्यतिबेलै राजनैनिक चेतना भएको कुरा वहाको आत्मकथा र वहाले गरेको योगदानले बताउदछ।खोटाङ समाज हङकङले गरेको उक्त कार्यक्रममा उपस्थित लेखकका छोरा हेमराजले भने " बाबाले भोग्नु भएको अनुभव र योगदानलाई अभिलेखिकरणको रुपमा मात्र नभएर नया पुस्ताहरुलाई मार्ग दर्शकको रुपमा समेत कामयाब हुन सक्ने भएकोले हाम्रै अनुरोधमा बाबाले यो पुस्तक लेख्नु भएको हो। वहालाई उक्त पुस्तक लेख्न छ महिना भन्दा कम लाग्यो,। उनले थपे " वहाँ २०२६ सालमा लेफ्टिनेन्ट हुने प्रोमोसन छाडेर पेन्सन निस्कनु भएको थियो, वहाले चाहेको भए धरान, काठमाडौमा बसोबास गर्न सक्नु हुन्थ्यो तर वहा गाउँ लाई नै छनौट गर्नु भो। २०२८ साल बाट निरन्तर प्रधान पन्च र गाबिस अध्यक्ष गर्नु भयो। वहाको सकृयतामा नौ वटै वडाहरुमा स्कुल , खाने पानी लगायत स्वस्थ चौकीहरुको निर्माण गर्नु भएको छ। रिटायर्ड पछि सारा समय गाउँ बिकाशको लागि खर्चिनु भएको छ। बेलायत गएर औषधि उपचार गर्ने पाउने अवसरले पनि वहालाई लोभ्याएन, वहाले पेन्सन बाहेक बेलायत सरकारको एक सुको सेवा सुबिधा लिनु भएको छैन। आफ्नो ठाउलाई कसरी बिकास गर्ने त्यो मात्र वहाको चासो छ, यो अहिले गाउँ नगरपालिकामा परिणत भै सकेको छ। यो पाको उमेरमा पनि अझै आफ्नो ठाउमा केही गर्नु पर्छ भनेर चिन्ता लिईरहनु हुन्छ। "


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top