Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा

Wednesday, 09.20.2017, 12:32pm (GMT+6.5)    | Comment | Print | Tell friend

४ असोज २०७४

काठमाडौ

‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल विषयका साथ संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा मंगलबारदेखि शुरु भएको छ । यस सभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । महासभाकै क्रममा न्यूयोर्कमा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत छन् । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top