'मुईली मुक्दुम' हस्ताक्षर तथा बितरण कार्यक्रम सम्पन्न

Tuesday, 09.12.2017, 11:11pm (GMT6.5)

बगैंचा डटकम

१० सेप्टेम्बर २०१७ हङकङ । नेपालको अदिवासी जाति किरात कोईच सुनुवारहरूको जन्मदेखि मृत्युसम्ममा गरिने संस्कारिक बिधि समेटिएको खोज तथा अनुसन्धनात्मक, अति महत्वपूर्ण र उपयोगि कोईच संस्कारजन्य पुस्तक 'मुईलि मुक्दुम' को सुनुवार समाज हङकङले औपचरिकरूमा हस्ताक्षर तथा बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष लोक बिक्रम सुनुवारको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथिमा मुईलि मुक्दुमका लेखक तथा किरात इतिहासविद अतित मुखिया (ईकिसु), बिषेश अतिथिमा समाजसेवी प्राप्ति सुनुवार र अतिथिमा प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष नरेश सुनुवार 'ठूले' सल्लाहकार श्यामकर्ण सुनुवारले आशनग्रहण गरेका थिए ।

अधिकांस कोईचहरूको बहुप्रतिक्षित मुईलि मुग्दुमको हस्ताक्षर कार्यक्रममा हङकङमा रहेका प्रतिष्ठित र हस्ति कोईचहरूको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित सबैले मुईलि मुग्दुमको आवश्यक्ता र महत्वको बारेमा संक्षिप्त परिचर्चा र बिबेचना गरेका थिए भने लेखकले मुक्दुममा समेटिएका कुरा प्राष्ट्याएका थिए ।

सिंगो कोईच सुनुवारको संस्कार, अस्तित्व र पहिचानलाई जिवित राख्न कोशेढुङ्गा साबित हुने महत्वपूर्ण दस्ता 'मुईलि मुक्दुम' कोईचहरू माझ उपहार प्रदान गरेकोमा किरात इतिहासविद लेखक तथा साहित्यकार अतित मुखिया (ईश्वर किरण सुनुवार) लाई हार्दिक धन्यवाद सहित सबैले खदा लगाएर सम्मान गरेका थिए ।

सुनुवार समाज हङकङले प्रकाशन गरेको 'मुईलि मुक्दुम'लाई सुनुवार बिद्यार्थी समाज केन्द्रीय समितिको आयोजनामा गत १२ अगस्त काठमाण्डौंमा बिमोचन गरेको थियो । सय पुस्तकको थप संस्करणहरू पनि सुनुवार समाज हङकङले नै निरन्तर प्रकाशन गर्दै जाने बताईएको छ ।

स्मरण रहोस- सुनुवार समाज हङकङले कोईच सुनुवार जातिको संस्कार, पहिचान र अस्तित्वसँग सम्बन्धित बिषयमा सक्रियताका साथ लागि रहने बताएको छ भने बिगतमा कोईचको पहिचानयुक्त ब्याच उत्पादन गरेर केन्द्रलाई निशुल्क हस्थान्तरण सकेको छ । अगामी दिनहरूमा यस्तो कार्य निरन्तर गर्दै जाने कुरा उदघोष गरेको छ ।

संस्थाका सचिव सृष्टी सुनुवारले सन्चालन गरेको उक्त कार्यक्रमलाई संस्थाका कोषाध्यक्ष राम सुनुवारले स्वागत सम्बोधन गरेका थिए ।

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.