हङकङेली कवि नरजित राईको कविताकृति 'मनोबिम्व' लोकार्पण

Monday, 09.11.2017, 10:18pm (GMT6.5)

बगैंचा डटकम हङकङ

१० सेप्टेम्बर २०१७ हङकङ, नेपाल गौरादह भापाबाट करिव डेढ दशकदेखि हङकङलाई कर्मथलो बनाएर हङकङमा बसोबास गर्दै आएका कवि नरजित राईको तेस्रो कृति कविता संग्रह 'मनोबिम्ब' लोकार्पण गरिएको छ ।

किरात राई चाम्लिङ खाम्बातिम हङकङले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पिताम्बर राईले गरेका थिए भने प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई, बिषेश अतिथि हङकङ साहित्य सृङ्खलाका संयोजक तथा कवि डिबि पालुङ्वा र अतिथिहरूमा किरात यायोक्खाका भाषिक संस्थाका अध्यक्षहरु- बान्तावा यायोक्ला खिम हङकङका तिलक वालाहाङ, थुलुङ सामा हङकङका रामलि राई, साम्पाङ जुम्लेखा हङकङका तेज प्रकाश राई, किरात राई कोयु खिमका हित बहादुर कोई, चाम्लिङ महिला बिभाग ङामेचिमेका संयोजक कल्पना राई, कृतिकार कवि नरजित राई, सृसासबाट कवि नरेश सुनुवार, समिक्षा समाज हङकङका अध्यक्ष हेम लावति, सल्लाहकारहरू- जजिन चाम्लिङ, किसन राई, तेज प्रकाश राई, किन्दर राई, बसन्त कुमारी राई, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशिमदनग राई, साहित्यकार तथा गजलकार बज्र कुमार थुलुङ, साहित्यकार मोति चाम्लिङ लगायत रहेका थिए ।

सबै अतिथिहरूबाट सामूहिक रूपमा पुस्तक लोकार्पण गरिएको थियो । लोकार्पण पश्चत छोटो मन्तब्यको क्रम रहेको थियो । भाषिक संस्थाको तर्फबाट तिलक वालाहाङ, अन्य अतिथिको तर्फबाट कवि डिबि पालुङवा, प्रमुख अतिथि रजिन राईले शुभकामना मन्तब्य दिएका थिए भने कवि सुनिता गिरिले बिमोचित पुस्तकबाट 'यस्तो पनि हुँदो रैछ' शिर्षकको कविता बाचन गरेकी थिईन । त्यसैगरि कृतिकार नरजित राई र आयोजकको तर्फबाट सभापतिले धन्यवाद सहित आफ्नो मन्तब्य दिदै सभा बिसर्जन गरेका थिए ।

जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेशमा सम्पन्न उक्तकार्यकर्ममा सहभागियरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको रौंनक र माहौल पनि अन्य साहित्यिक कार्यक्रम भन्दा केही पृथक देखिन्थ्यो ।

३५ थान देबनागरी लिपिमा तयार गरिएको सबै कवितालाई अंग्रेजी भाषामा पनि उल्था गरिएको छ । सबै जोडेर २ सय पृष्ठमा संग्रहित 'मनोबिम्ब' (Mental Reflection) कविताकृतिलाई किरात राई चाम्लिङ खाम्बातिम हङकङले प्रकाशन गरेको छ । एउटा लेखक तथा साहित्यकारले आफ्नो कृति प्रकाशन गर्नको निम्ति प्रकाशनगृह तथा साहित्यिक संघ संस्थालाई गुहार माग्दै हिड्नु पर्ने बर्तमान प्रचलनलाई तोड्दै सामाजिक संस्था चाम्लिङ खाम्बातिम हङकङले एक हदसम्म नयाँ आयम थपेकोमा भुक्तभोगीहरू हर्षित भएको देखिन्थे ।

कृतिकारको स्वागत मन्तब्य रहेको कृति बिमोचन कार्यक्रमलाई संस्थाका सचिव जितकर्ण राईले संचालन गरेका थिए । कार्यक्रममा कृतिको बारेमा बिचार लेख्नेहरू डा. बिष्णु राई, भगवान चाम्लिङ, नरेश सुनुवार 'ठूले', भूमिकाकार बज्रकुमार थुलुङ राई र कभर चित्रकार दिपेन राईलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।

स्मरण रहोस, कवि नरजित राईको 'आकाश खोज्दै जाँदा' र 'समुन्द्र माथिको शहर' २ नियात्रा कृति प्रकाशित भै सकेका छन् ।

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.