Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > News

चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा

Monday, 09.11.2017, 01:06pm (GMT+6.5)    | Comment | Print | Tell friend

२५ भदौ २०७४

ललितपुर

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयतहको निर्वाचनको तेस्रो चरण अन्तरगतअसोज २ गते निर्वाचनहुने आठवटै जिल्लाका चुनावी सभाहरुलाई सम्बोधन गर्ने भएका छन् ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार देउवाभदौ २७गते २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी र्फकने कार्यक्रम तय भएको छ । देउवाले भदौ २७गते सप्तरीको राजविराजमाहुने आमसभालाई संबोधन र पार्टी कार्यकर्तासंगको भेटघाट पछि सिरहा प्रस्थानगर्ने कार्यक्रम छ । उनले सिरहाको जिरोमाइलमा आयोजना हुने चुनावीप्रचार सभालाई अपरान्ह ४ बजे सम्बोधन पश्चात देउवा जनकपुर जाने कार्यक्रम छ । भदौ २८ गते बिहान रामजानकी मन्दीरको दर्शन गर्नुको साथै कार्यकर्ताहरुसंग भेटघाटसँगै दिउसो १ बजे चुनावी सभालाई सम्बोधन गर्ने छन् । जनकपुरको संबोधन पछि प्रधानमन्त्री देउवा सोही दिन अपरान्ह महोत्तरीको बर्दिवासको चुनावी सभालाई संबोधन गर्ने छन् । भदौ २९ गते पार्टी सभापतिएवम् प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावीकार्यक्रमलाई सम्बोधनगर्ने कार्यक्रम रहेको छ । सर्लाहीको मलंगवामा दिउँसो  १ बजे हुने आमसभालाई संबोधनगर्ने र अपरान्ह ४ बजे रौतहटको गौरमाहुने आमसभालाई संबोधन गर्ने जानकारी प्राप्त भएको छ  । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि पार्टी सभापतिएवम् प्रधानमन्त्री देउवावीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ । भदौ ३० गते बिहान प्रधानमन्त्रीले पर्साका कार्यकर्ताहरुसंग भेटघाट र दिउसो १ बजे बाराको कलैयामा चुनावी सभालाई संबोधन पछि प्रधामन्त्री देउवाले सोही दिनपर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन पश्चात सोहीदिन काठमाडौं र्फकने कार्यक्रम रहेको छ ।

 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top