Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > News

किरात याक्खा छुम्मा हङकङ पूनः पूर्ण प्रसाद देवानकै नेतृत्वमा

Monday, 09.11.2017, 08:57am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
  १० सेप्टेम्बर, हङकङ– किरात याक्खा छुम्मा हङकङको अध्यक्षमा पूनः पूर्ण प्रसाद देवानलाई तेस्रो कार्यकालका लागि निर्विरोध चयन गर्दै छुम्माको तेस्रो कार्य समिति पूनर्गठन कार्यक्रम सम्पन्न भयो । 
    जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रम मार्फत अध्यक्ष पूर्ण प्रसाद देवानको नेतृत्वमा १५ सदस्यिय कार्य समिति निर्विरोध चयन भएका छन् । जस अनुसार छुम्माका पदाधिकारीहरुमा अध्यक्षमा पूर्ण प्रसाद देवान, उपाध्यक्षमा लिला राई देवान, सचिवमा टोपबहादुर याक्खा, सह–सचिवमा कुमारी याक्खा, कोषाध्यक्षमा खेमराज जिमी र सदस्यहरु क्रमशः विज्ञान याक्खा, राजु जिमी, सुमन सोम्याहाङ्ग (लावती), लोकराज देवान, देव कुमार याक्खा, लोकबहादुर याक्खा, मणी याक्खा, संजय याक्खा, शैलेन देवान र सुमिना याक्खा रहेका छन् ।


    कार्यक्रमको प्रथम चरणमा स्थापनाकाल देखि हालसम्म ४ वर्षमा छुम्माले गरेका विभिन्न गतिविधीहरु बारे छुम्माका सचिव टोपबहादुर याक्खाले प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन छुम्माका कोषाध्यक्ष खेमराज जिमीले प्रस्तुत गरेका थिए । 
    “आफ्नो भाषा, धर्म र संस्कृतीको संरक्षण तथा सम्बर्धन गरौं” मूल मन्त्रका साथ आफ्नो भाषा, भेषभूषा, धर्म, संस्कृतीका साथै नेपालका विभिन्न स्थानबाट आएका हङकङबासी अल्पसंख्यक याक्खा दाजुभाइ तथा दिदीबहिनीहरु बीच एक आपसमा दुःख सुख साटासाट गर्ने उदेश्य अनुरुप किरात याक्खा छुम्मा हङकङका संस्थापक संरक्षक स्व. कृष्णबहादुर लिंखाको सपना र विशेष पहलमा २०१३ मा स्थापित किरात याक्खा छुम्मा हङकङ ४ किराती संस्थाहरु (किरात राई यायोक्खा हङकङ, किरात याक्थुम चुम्लुङ हङकङ, किरात सुनुवार समाज हङकङ र किरात याक्खा छुम्मा हङकङ) मध्ये सबै भन्दा पछि स्थापित किराती संस्था हो ।





Hot News

 

SEARCH

Newsletter

Top