Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
Home > News > News

राधिका हुक्पा चोङबाङ नाम्फुङकृत कविता संग्रह 'थाप्परा' विमोचन

Sunday, 09.10.2017, 11:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

भाद्र २५ ललितपुर ।
लिम्बू महिलाको कलमबाट बिशुद्द लिम्बू भाषामा लिखित पहिलो कवितासंग्रह 'थाप्परा' राजधानीको ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको हलमा बिमोचित भएको छ । राधिका हुक्पा चोङबाङ (चेम्जोङ) नाम्फुङ द्वारा लिखित 'थाप्परा' कृतिलाई प्रमुख अतिथी प्राज्ञ बैरागी काईला, संस्कृतिविद येहाङ लावती र कियाचु केन्द्रिय अध्यक्ष उत्तम सिं थाङदेनको बाहुलीबाट विमोचन भएकोहो ।
लिम्बु भाषा र साहित्यमा दख्खल राख्ने लेखिका राधिका हुक्पा चोङबाङ  (चेम्जोङ) सानै उमेरदेखि आफ्नो भाषा र साहित्यमा लगाव भएको बताउछिन् । ६४ पृष्ठको यस (थाप्परा) कविता संग्रहको समिक्षा लेखिका कमला आङदेम्बेले गरेकी थिईन् । उनले (थाप्परा) को समालोचना गर्दै कवियत्री राधिका चोङबाङको यस कृतिमा बलियो रुपले साहित्यिक विम्वहरुको प्रयोग भएको स्पष्ट पारिन् । त्यस्तै विषेश अतिथिहरु उत्तम सिं थाङदेन र वृजहाङ जबेगुले पनि विमोचित कृतिको प्रशसा गर्दै लिम्बू भाषा साहित्यमा एउटा ठुलो ईटा थपिएको बताए । 
आफ्नो मन्तव्यको क्रममा प्राज्ञ बैरागी काईलाले लेखिकाप्रति बधाई तथा शुभकामना प्रकट गर्दै उनले फरक किसिमले लेखन विधामा आट गरेको प्रति सम्मान गर्नुपर्ने विचार ब्यक्त गरे । किरात याक्थुङ चुम्लुङ लिम्बू भाषा साहित्य प्रतिष्ठानको प्रमुख आयोजना रहेको उक्त विमोचन कार्यक्रमलाई फक्ताङलुङ सयङ, याक्थुङ साप्सक एकेडेमी र लिम्बू बिध्यार्थी मञ्चले पनी सहयोग गरेका थिए । कार्यक्रमलाई उदघोसिका बिष्णुमाया सिङगकले सञ्चालन गरेकिथिईन ।


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top