Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

सिंगापुरबाट निगमको बोइङम नेपाल आउँदै

Saturday, 09.09.2017, 12:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ भदौ २०७४

काठमाडौ

राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमको बोइङमा बारम्बार समस्या आएपछि गत जुलाई २२ मा नियमित मर्मतका लागि सिंगापुर लगिएको बोइङ भदौ २७ गते काठमाडौं आइपुग्ने भएको छ । अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको निगमको करिब दुई महिनाअघि मर्मतका लागि सिंगापुर लगिएको थियाे । पूर्ण रूपमा जहाज मर्मत सकिएकाले प्राविधिक र पाइलटको टोली सिंगापुर गई भदौ २७ गते जहाज नेपाल ल्याउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । मर्मत बोइङ नेपाल आएपछि निगमका आठ गन्तव्यमा पहिलेकै तालिकाअनुसार उडान गर्ने छ । बोइङ मर्मतमा पठाउँदा निगमले दिल्ली, दोहा तथा मलेसियामा गर्दै आएको दैनिक उडानमा कटौती गरेको थियो । यसबाट निगमले हवाई यात्रुसँगको विश्वसनीयता एवं अन्तराष्ट्रिय हवाई यात्रुसमेत गुमाउनुपरेको कंसाकारको भनाइ छ । मर्मत अवस्थाको जहाज हेर्न मात्र यसअघि निगमका दुई दर्जनभन्दा बढी सदस्य सिंगापुर पुगेका थिए । निगमले अहिले दुई न्यारोबडी जहाजमार्फत अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको छ । करिब २८ वर्षअघि खरिद गरिएको हो । निगम स्रोतका अनुसार पुरानो जहाज एक साता नियमित उडान भयो भने अर्को साता ग्राउन्डेड हुने गरेको छ । बोइङ उडान पाइलट पनि दुई महिनादेखि बेरोजगार बनेका छन् । तर आन्तरिक उडान गर्दै आएको वाई १२ जहाज भने पाइलट अभावकै कारण नियमित उडान हुन सकेको छैन ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top