Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > News

परराष्ट्रमन्त्री महरा ६ दिने भ्रमणका लागि चीन जाँदै

Wednesday, 09.06.2017, 11:57am (GMT+6.5)    | Comment | Print | Tell friend

२१ भदौ २०७४

काठमाडौ

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ । भ्रमणका क्रममा महराले बेइजिङमा समकक्षी वाङ यीसंग दुईपक्षिय हितका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि दुई राष्ट्रबीच भएको पारबहन सम्झौता, बीआरआई कार्यान्यवन, तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल केन्द्रित रहने बताइएको छ । सो अबसरमा उपप्रधानमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणको वातावरण निर्माणका लागी प्रयास गर्नुहुनेछ । महराले चिनिया प्रधानमन्त्री ली खछ्याङसंग शिष्टाचार भेट गरी नेपाल भ्रमणको निम्तो दिने कार्यक्रम समेत तय भएको छ । यस्तै महराले चाइना अफयेर्स युनिभर्सिटीको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा भाग लिने, र गोन्जाओस्थित नेपाली महावाणिज्य दूतावासको उद्घाटन गर्ने कार्यक्रम छ । चीन सरकारले निम्तो यसअघि नै पठाएपनि दोक्लम विवादका कारण भ्रमण  ढिलो भएको हो ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top