Hot News
सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै
Home > News > News

उम्मेदवारी दर्ता आज, ६ हजार ६ सय २७ जनप्रतिनिधि चुनिदै

Wednesday, 09.06.2017, 11:48am (GMT+6.5)    | Comment | Print | Tell friend

२१ भदौ २०७४

काठमाडौ

प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनका लागि बिहान १० बजे देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनको समय छुट्याएको जानकारी दिएको छ । मंगलबार आयोगमा पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उत्साहपूर्ण रुपमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न आग्रह गरेका थिए। साँझ ५ बजेभित्र मनोनयन दर्ता गराएका उम्मेदवारको सुची साँझ साढे ५ बजे मनोनयन प्रकाशन हुनेछ । भोली बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारीमाथि दावी–विरोधको उजुरी दिने समय छुट्याएको आयोगले राती साढे ११ बजेसम्म मनोनयनको जाँच गर्ने जनाएको छ । शुक्रबार बिहान साढे ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको नाम प्रकाशन गर्ने र सोही दिन साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएको आयोगले जनाएको छ ।  शनिबार १० देखि ११ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै आयोगले सोही दिन ११ देखि साँझ ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । निर्वाचन प्रक्रियाका लागि ३१ हजार ५ सय कर्मचारी परिचालन भएका छन । ३ हजार ५ सय ७८ मतदान केन्द्रमा हुने निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् । प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जनप्रतिनिधी निर्वाचित हुनेछन् । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top