Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने

Monday, 08.21.2017, 02:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

५ भदौ २०७४

काठमाडौं ।

ट्याक्सीहरूले मिटर जडान गरी बिल प्रिन्टिङ सिस्टम गर्नुपर्ने भएकाेछ ।संसदको विकास समितिले तीन महिनाभित्र सबै ट्याक्सीमा मिटर जडान गरी बिल प्रिन्टिङ सिस्टम लागू गर्न निर्देशन दिएको हाे । साथै ट्याक्सीले मिटरमा जान नमाने वा सवारी साधनले बढी भाडा लिए उजुरी गर्न टोल फ्री नम्बरको राख्न यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई समेत निर्देशन दिएकाे छ । समितिले सोमबार यातायात व्यवस्था विभाग, नापतौल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका अधिकारीहरुलाई बोलाएर मिटर ट्याक्सीबारे छलफल गरेको छ । बैठकले अस्पताल, विमानस्थलमा ट्याक्सी ड्राइभरले मालमोलाई गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्न यस्त निर्देशन दिएको ह । विकास समितिले उपत्यकामा बिग्रिएका ट्राफिक लाइट ममर्त गर्न र नभएका ठाउँमा एक महिनाभित्र जडान गरिसक्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ साथै सातवटै प्रदेशमा भेइकल फिटनेश सेन्टर निर्माण गरी एक महिनामा सूचार गर्न पनि भनेको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top