Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

सुरेनको रेसमी पर्दाले

Sunday, 08.20.2017, 12:06am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ । अध्ययन र पेशाका हिसावले कृषि विशेषज्ञ हुन, सुरेन गौतम । यद्यपि, रुचिका हिसावले गीत/सङ्गीतको पारखी, गीत लेखन र गायन । 
सानैदेखिको हो, यो सुरेनको रुचि । कृषि स्नातक अध्ययनका लागि चितवन झर्नुअघि उहाँले यो रुचिलाई प्रस्तुत गर्न सक्नुभएन । कारण, परिवारको समर्थन थिएन यतातिर । जब चितवन रामपुर कलेज अध्ययन थाल्नुभयो, त्यहाँका स्टेजमा सुरेनका गायकी रुचिले फूल्ने मौका पायो । साथीभाइले गीत सुनेपछि राम्रो छ भन्ने प्रतिक्रिया पाए । गीत रेकर्ड गर्न उक्साए । त्यसपछि परिवारलाई थाहै नदिएर सुरेन हान्निए काठमाडौं । गीत रेकर्ड गराएर फर्किए सुरेन । जब पाल्पा एफएम रेडियोबाट सुरेनका गीत बज्न थाले, तब थाहा पाए छोरो पनि गायक भएछ । गायक सुरेन भन्नुहुन्छ-"त्यसपछि परिवारको प्रतिक्रिया खासै नराम्रो रहेन । खुशी नै हुनुभयो ।"
जर्मनबाट कृषिमा स्नातकोत्तर गर्नुभएका सुरेन फुर्सद भयो कि गायनका लागि तम्सिनुहुन्छ । उहाँ गीत लेखन, कम्पोज र गायनमा समेत सक्रिय हुनुहुन्छ । एल्वमको तयारी गरिरहनुभएका सुरेनको रिमेक गीत रेसमी पर्दाले छेकेन... स्रोता/दर्शकबीच लोकप्रिय पनि छ । जिउडाल हेर्दा नायक हुन लायक सुरेन लजालु स्वभावको हुनुहुन्छ । यद्यपि, भिडियोमा सुरेनले गज्जवको अभिनय गर्नुभएको छ । भिडियोमा भिमफेदी गाइज र सोनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा रायन कार्कीको निर्देशन रहेको छ । सुनिल चित्रकारको सङ्कलनमा सुनिल तथा चेतमान गुरुङको खास स्वर रहेको रेसमी पर्दामा सुरनेको स्वर 'मेलोडियस' सुनिएको छ । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top