Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण

Thursday, 08.17.2017, 10:06am (GMT+6.5)    | Comment | Print | Tell friend

१ भदौ ललितपुर।
पश्चिमा संस्कृति र आधुनिकिकरणको प्रभावसंगै हराउदै गएको लिम्बु समुदायको परम्परागत याःलान (धान नाच) को संरक्षण र प्रवर्द्धन गर्न काठमाडौंमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुन चुम्लुन ललितपुरको संयोजनमा हालै गत २१ साउनदेखी २९ साउनसम्म ९ जना लिम्बु युवायुवतिहरुले एक हप्ते याःलाङ प्रशिक्षण लिएका हुन् । 
लिम्वुवान क्षेत्रका विभिन्न ठाउँहरुमा व्यवस्थापन हुने मेला वजारहरुमा लिम्वु युवा युवतिहरुमाझँ हात समातेर माया पिरतीका कुराहरु पालाम गाउँदै याःलाङमा गर्ने चलन छ । लिम्वु समुदायको याःलाङमा गर्ने प्रचलन पहिचानसंग जोडिने तर आजकल हराउँदै गएको सन्दर्भमा यसको संरक्षणको लागि चुम्लुनले याःलाङ कार्यक्रमको आयोजना गरेको ललितपुर चुम्लुनका अध्यक्ष मकरध्वज वनेमले वताए । याःलान प्रशिक्षार्थीहरुले किरात याक्थुन चुम्लुन ललितपुरको ११औं परिषद बैठकको अवसरमा पालामसहित याःलाङ प्रस्तुत गरेका थिए । 
या:लाङको सुरुवात कसरि भयो, कुन ठाँउमा कस्तो पालाम गाउने, कसरी थाल्ने, साईनो सम्बन्धी र परिस्थिति अनुकुल पा:लाङ र यालाङ गाउने आदि धेरै कुराहरु को ज्ञान  हाशिल गर्न सकेको कुरा एक प्रशिक्षार्थि ले बताए ।
या:लाङ र पालम सम्बन्धि वाल्यकाल देखिनै जानकार ब्यक्ति एक्स ई. कृष्णराज नेम्बाङ प्रशिक्षित गर्नु भएको हो ।
परिषद बैठकका अतिथिहरु कियाचु सस्थापक अध्यक्ष मे.भरतसिं जबेगु र सल्लाहकार मे. तिलकसिं वनेमज्यु को बाहुलीबाट प्रशिक्षार्थि हरुलाई प्रमानपत्र वितरण गरिएकोथियो ।
 


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top