Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

अलग अभियानकाे साउन शृङ्खला

Monday, 08.14.2017, 01:27am (GMT+6.5)    | Comment | Print | Tell friend

२८ साउन, ललितपुर । 
गायक तथा सङ्गीतकार सुदेश शर्मा र कवि तथा उपन्यासकार प्रगति राईको विशेष उपस्थिति र प्रस्तुतिसहित अलग अभियानको साउन शृङ्खला सम्पन्न भयो ।
'प्रगतिले रुख', 'प्रेमका कुरा', 'वादी विज्ञप्ती', 'नेपथ्य', 'ढुङ्गा बोल्यो' शीर्षकका कविता वाचन गरिन् । उनले सर्जकहरुले कलाको माध्यमबाट विचार प्रवाह गर्नुपर्ने बताउदै अलग अभियानले साहित्य र सङ्गीतलाई संगै अघि बढाएकोमा प्रशंसा पनि गरिन् । सुदेश शर्माले 'हामी नदीका दुई किनारा', 'डाडाकाडा नाघेर गए, 'अब त नशा', 'साच्चै लाग्छ तिमीले त ठट्टै गरे नि' बोलका गीत प्रस्तुत गरे । अन्तिम प्रस्तुतिको रुपमा 'अच्छा लेकिन लण्डनको चिसोले समाउला' प्रस्तुत गर्दा दर्शकहरु नाचेका थिए । 
अतिथिहरुको अलवा स्रष्टाहरु बम बानिया, विमल राई, बलराम तिमल्सिना, अनिल नेम्बाङ, साङ्केन बान्तावा, अविनाश भट्टराई, इनुमा राई, सिता थुलुङ, नविन प्यासी, प्रमोद श्रेष्ठ, उदिम किराती, पि्रन्स याक्खा लगायतले कविता र गजल वाचन गरे । सङ्गीतकार मण्डल साम्पाङले आफ्नै शब्द सङ्गीतमा गीत प्रस्तुत गरे । गायिका आभा मुकारुङले भने डिपी खनालको शब्दलाई धनु ग्याङ्मीको सङ्गीतमा प्रस्तुत गर्दा वाद्यवादनमा तबलामा यम कुमार समाल, गिटारमा धनु ग्याङ्मी र हार्मोनियममा मण्डल साम्पाङले साथ दिएका थिए । 
अलग अभियानले हरेक महिनाको अन्तिम शनिबार साहित्य र सङ्गीतको शृङ्खला आयोजना गर्दै आएको छ ।


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top