Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

चुडामणि शर्मा सर्वोच्चले थुनामुक्त गर्न दियो आदेश

Friday, 08.11.2017, 07:25pm (GMT+6.5)    | Comment | Print | Tell friend

२७ श्रावण २०७४
काठमाडौं 
आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सर्वोच्चले थुनामुक्त गर्न आदेशमा दिएको छ। बन्दि प्रत्यक्षिकरणाको रिटमा सर्वोच्चको पूर्ण इजालशले शर्मालाई थुनामुक्त गर्न आदेश गरेको हो। उनी थुनामुक्त भए पनि सुनुवाई भने जारी रहने छ। कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्व महत, सदस्य उमेश ढकाल तथा सदस्य सचिव शर्माले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजश्व मिनाहा गराएको भन्दै सोही विषयमाथि अनुसन्धान गर्दै अख्तियारले १८ जेठमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई कार्यालयबाट पक्राउ गरेको थियो। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शर्माले १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतमा चलेको कारबाही उतै फिर्ता हुने गरी अहिलेलाई सर्वोच्च अदालतलले शर्मालाई थुनामुक्त गरेको हो। शर्माकी श्रीमती कल्पना उप्रेतीले बन्दी प्रत्यक्षिकरणाको रिट दायर गरेकी थिइन्। 


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top