Hot News
यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता
Home > News > News

२३ औं विश्व आदिवासी दिवसमा भूपेन्द्र चेम्जोङ र योग माया रानामगर सम्मानित

Monday, 08.07.2017, 11:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
   ७ अगष्ट, हङकङ– २३ औं विश्व आदिवासी दिवसको अवसरमा भूपेन्द्र चेम्जोङ आदिवासी पुरुष र युग माया रानामगर आदिवासी चेली सम्मानद्धारा सम्मानित भएका छन् । याउ मा तेई कम्यूनिटी हलमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङद्धारा सम्मानित चेम्जोङ लामो समयदेखि आदिवासी जनजातीहरुको मुद्धालाई लिएर लडिरहेका छन् भने उनि संघका सल्लाहकार समेत हुन् । त्यस्तै गरि अर्का सम्मानित चेली युग माया रानामगर मगर महिला संघकी अध्यक्ष हुन् ।
    आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एम.बी. थापामगरको अध्यक्षतामा

सम्पन्न पहिलो चरणको  औपचारिक कार्यक्रमको प्रमुख अतिथि प्रेम गलामी मगर रहेका थिए । त्यस्तै गरि नेपालबाट आएका संघियताका अभियान्ता नेताद्धय सन्जुहाङ्ग पालुङवा तथा के.पी. पालुङवा, एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, नेपाल चेम्बर्स अर्फ कमर्सका अध्यक्ष डासुराम पराजुली लगायत विभिन्न जातिय तथा राजनैतिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु विशेष अतिथि तथा अतिथिका रुपमा रहेका थिए ।
    विभिन्न जातजातिका ढोल ढ्याङग्रो तथा बाजाहरु बजाएर उद्धघाटन गरिएको कार्यक्रम बारे संघ सल्लाहकार भूपेन्द्र चेम्जोङले प्रस्ट्याएका थिए । मन्तब्यकै क्रममा विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्सले देश चलाएर तिनै विदेशमा बस्ने नेपालीहरुलाई राज्यको सम्पूर्ण अधिकारबाट बञ्चित गरिनु सरकारको कहाँ सम्मको न्याय हो ? भन्ने प्रश्न राख्दै यसका विरुद्ध आदिवासी लगायत सम्पूर्ण विदेशमा बस्ने नेपालीहरु एक भएर लड्नुको विकल्प नरहेको उनले बताए ।
    विशेष अतिथिद्धय सन्जुहाङ्ग पालुङवा र के.पी. पालुङवाले अब पनि आदिवासीहरु एमाले लगायतका पहिचान विरोधी पार्टीकै पुच्छर भएर हिडराख्ने हो भने सदियौंसम्म हामी दबिएर रहने छौ भन्दै विशेष गरेर आदिवासी युवाहरुले त्यस बारे सोच्नु पर्नेमा जोड दिए । मन्तब्यकै क्रममा संघका अध्यक्ष एम.बी.थापामगरले ९८ प्रतिशत जनजाती भएको हङकङमा ९८ जना जनजातीहरु कार्यक्रममा उपस्थित नहुनु दुःखद पक्ष रहेको भन्दै अब पनि आदिवासी जनजातीहरु सचेत नभए सधै पछि परिरहने बताए । 
           कार्यक्रममा आदिवासी पुरुष भूपेन्द्र चेम्जोङ र आदिवासी चेली युग माया रानामगरलाई अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा साफा, गम्छा तथा खदा ओढाएर सम्मान गर्नुका साथै सम्मान पत्र समेत प्रदान गरिएको थियो । त्यस्तै गरि नेपालबाट आएका विशेष अतिथिद्धय सन्जुहाङ्ग पालुङवा तथा के.पी. पालुङवा, एन.आर.एन.ए. हङकङका नवनिर्वाचित अध्यक्ष टिका गुरुङ तथा महासचिव किसन राईलाई समेत संघद्धारा सम्मान गरिएको थियो ।
     संघका महासचिव हस्त अरुम्हाङ लिम्बुद्धारा संचालित पहिलो चरणको औपचारिक कार्यक्रमको समापनसंगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रमलाई नेपाल आदिवासी जनजाति युवासंघ हङकङका सचिव तथा सास्कृतिक विभाव संयोजक तिलक सोमई मगरले संचालन गरेका थिए । उक्त कार्यक्रममा हङकङमा रहेका राई, लिम्बु, सुनुवार, गुरुङ, मगर, तामाङ, सेर्पा, नेवार लगायतका विभिन्न आदिवासी जनजातीहरुको जातिय पोसाक प्रदर्शनी तथा झाँकीहरु समेत प्रदर्शन गरिएको थियो । 





Hot News

 

SEARCH

Newsletter

Top