Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

५ विकेटले विजयी नेपाल

Tuesday, 07.18.2017, 12:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

३ साउन २०७४

काठमाडौं

सिंगापुरमा जारी आईसीसी अण्डर १९ वल्र्डकप क्रिकेटको एसियाली छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आज नेपालले मलेसियालाई ५ विकेटले हराउँदै नेपालले विश्वकप छनौटको संभावना बलियो बनाएको हो । टस जितेको नेपालले पहिले बलिङ गरेक थिय । मलेसियाले प्रस्तुत गरेको ५९ रनमा नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर विजयी भएकाे हने । नेपालको जितमा आसिफ सेखले २३ रनको योगदान गरे । प्रनित थापा मगरले नटआउट १८ रन बनाए । रोहित पौडेलले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए । ओपनर सन्दिप सुनार ६, आदिल खान ५ र दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । अनिल शाहले खातै खोल्न सकेनन् । मलेसियाका साफिजुद्धिनले नेपालको ३ विकेट लिए ।   यसअघि कप्तान संदिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएपछि मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रनमा समेटिएको थियो । ८ दशमलव ५ ओभर बलिङ गरेका लामिछानेले आफ्नो स्पेलमा १ मेडन राख्दै १७ रन खर्चेर महत्वपुर्ण ५ विकेट हात पारे । पवन सर्राफले ३ तथा सन्दिप सुनार र किशोर महतोले समान एकएक विकेट हात पारे । नेपालले पर्सि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top