Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

तक्मेको रातो घर हङकङमा प्रदर्शन हुदैं

Monday, 07.17.2017, 09:54am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
   १७ जुलाई, हङकङ– नेपाली चलचित्र र कलाकारहरुको राम्रो बजार रहेको हङकङमा तक्मे बुढाको नामले चर्चित कलाकार विल्सन विक्रम राई लगायतको टिमको निर्माण तथा अभिनय रहेको नेपाली कथानक चलचित्र रातो घर प्रदर्शन हुने भएको छ ।
   धरान १७ अक्षय कोष स्थापनार्थ तथा सितोरिया कराते डो (गोर्खा कम्युनिटी) हङकङको कोष बृद्धिका लागि आयोजक धरान १७ समाज हङकङ र सितोरियो करातो डो (गोर्खा कम्युनिटी) हङकङले जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार १ अक्टोबर २०१७, आइतबार साँझ युन लङ थिएटरमा रातो घर प्रदर्शन हुनेछ ।
कार्यक्रममा बोल्दै धरान १७ समाज हङकङका अध्यक्ष मधु कुमार राई, सितोरिया करातो डोका अध्यक्ष हेम पुन तथा धरान हङकङ मञ्चका अध्यक्ष विष्णु पाख्रिनले जानकारी दिए अनुसार उक्त चलचित्र प्रदर्शनीका लागि कलाकारहरु विल्सन विक्रम राई, माला लिम्बु र अनुराग कुवर समेत हङकङ आउँने छन् ।
    सुरज सुब्बा नाल्बोको निर्देशन रहेको उक्त चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, श्याम पुरी, अनुराग कुवर, मेनुका प्रधान, माला लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।





Hot News

 

SEARCH

Newsletter

Top