Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

वैदेशिक रोजगार व्यवसायी संघमा रोहन गुरुङ

Saturday, 07.15.2017, 01:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

३१ असार २०७४

काठमाडाै

वैदेशिक रोजगार व्यवसायी संघक नयाँ कार्यसमितिमा अध्यक्ष रोहन गुरुङ विजयी भएका छन् । आज सनिबार विहान संघको २५ औं साघरणसभाको सकिएको मतणनाबाट निर्वतमान अध्यक्ष समेत रहेका विमल ढकाललाई ९३ मतको अन्तरले गुरुङ विजयी भएका हुन । गुरुङले ४ सय ३४ मत प्राप्त गरेका थिए भने ढकालले ३ सय ४१ मत प्राप्त गरेका थिए । कार्यसमितिको अन्य अधिकांश पदमा पनि गुरुङको प्यानल विजयी भएको छ । संघको प्रथम उपाध्यक्षमा गुरुङ प्यानलबाट राम प्रसाद भान्तनाले ४ सय ९६ मत प्राप्त गर्नुभयो भने प्रतिद्धन्दी प्रज्ञान न्यौपानेले ३ सय १० मत प्राप्त गरेका थिए । महासचिवमा गुरुङ प्यानलबाटै नरेश गेलालले ४ सय ४९ मत प्राप्त गर्दा ढकाल प्यानलका महासचिव पदका उम्मेदवार सुजित श्रेष्ठले ३ सय ७८ मत प्राप्त गरे। यस्तै सचिवमा गुरुङ प्यानलबाट ईश्वर जिसीले ४ सय मत प्राप्त गर्नुभयो भने प्रतिद्धन्दी बिनोद केसीले ३ सय ६९ मत ल्याए। कोषाध्यक्षमा भने ढकाल प्यानलबाट राधिका कटुवाल विजयी भएका छन् । उनले ४ सय ४ मत प्राप्त गर्दा गुरुङ प्यानलकी रमिला ताम्राकारले ३ सय ३७ मत प्राप्त गरे । गुरुङले एमाले र माओवादी केन्द्र निकट व्यवसायीको संयुक्त प्यानलबाट र ढकालले कंग्रेस र मधेशी दल निक व्यवसायीको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top