Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी

Tuesday, 07.11.2017, 07:38am (GMT+6.5)    | Comment | Print | Tell friend

६ असार २७
धरान 

अन्तिम मत परिणाम आउन बाँकि सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सोमबार साँझ सकिएको मतगणाना अनुसार धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी उपमेयरमा निर्वाचित भएका छन् । मेयरमा निर्वाचित राईले २० हजार ९७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तिलक राईले १६ हजार २०२ र माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाएका छन् । उपमेयरमा एमालेकी मन्जु भण्डारी सुवेदीले २१ हजार २५६ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एक सय ९७ मत पाइन् । उपमेयरमा संघीय समाजवादी फोरम नेपालका पारस राईको पक्षमा ५ हजार १८१ मत परेको छ । तारा सुब्बाको टिमको बिजयसँगै धरानमा एमालेले हृयाट्रिक गरेको छ । यसअघि २०४९ मा एमालेका ध्यानवहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङबो मेयर निर्वाचित भएका थिए । उपमहानगरको २० मध्ये १४ वडा एमालेले जितको छ भने ५ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ । एमाले वडा न. ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नं. १७ जितेको छ । यससँगै दोसो चरणको चुनावमा एमालेले दुर्इ उपमहानगरसहित १५१ स्थानीय तह जितेको छ र पहिलो पार्टी बनेको छ ।


बगैँचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top