Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > News

युनाइटेड क्लबको ३४ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

Monday, 07.10.2017, 10:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    ९ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३४ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट मङकक स्थित फा युन स्पोर्टस सेन्टरमा सम्पन्न भयो ।
    क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका ३ जना ब्लाक बेल्ट सेकेण्ड डान, ७ जना ब्लाक बेल्ट फष्ट डान सहित २०० जना कलर बेल्टका खेलाडीहरु सहभागी थिए भने शनिबार क्लासका करिब ९० जना स्टुडेण्टहरुले आउँने शनिबार सोहि स्थानमा टेष्ट दिनेछन् ।  
    सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा मास्टर राईद्धारा गत अप्रिलमा चाइना हङकङ नेशनल तेक्वान्दो एलियन्सद्धारा आयोजित तेक्वान्दो ब्लाक बेल्ट स्पारिङ एण्ड कलर बेल्ट प्याट्रन (पुम्से) च्याम्पियनसिप

२०१७ मा गोल्ड मेडल प्राप्त गर्ने स्टुडेण्टहरुलाई क्लबको तर्फबाट मेडलका साथै ३३ औं अपग्रेडिङ टेष्टमा पास भएका ब्लाक बेल्ट थर्ड डान, सेकेण्ड डान तथा फष्ट डान स्टुडेण्टहरुलाई कुक्कीवान हेडक्वाटरको प्रमाणपत्र तथा युनिफर्म समेत हस्तान्तरण गरिएको थियो । 
     जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानमा गरी १४ वटा ब्रान्च रहेको उक्त क्लबमा ३०० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईले बताए ।
    केही दशकयता अन्तराष्ट्रिय खेलका रुपमा लोकप्रिय बन्दै गएको तेक्वान्दोले श्वास्थ्य रहनका लागि शारीरिक व्यायम, आत्म सुरक्षाका साथै अनुशासनमा रहन समेत सिकाउँने हुँदा समयको सदुपयोग गर्दै नेपालीहरुले समेत विशेष महत्वका साथ सिक्नु पर्नेमा समेत मास्टर राईले जोड दिए ।





Hot News

 

SEARCH

Newsletter

Top