Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > News

मिडियाकर्मीमाथि श्रृंखलाबद्ध आक्रमण र समाजको दायित्वबारे अन्तरक्रिया

Monday, 07.10.2017, 08:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
    ९ जुलाई, हङकङ– विगत लामो समयदेखि मिडियाकर्मीमाथि श्रृंखलाबद्ध रुपमा भइरहेको विभिन्न आक्रमण र यसमा समाजको दायित्व सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।
    कार्यक्रम आयोजक नेपाल पत्रकार संघ हङकङका अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक तथा प्रकाशक किसन राईद्धारा विगत २० वर्षयता हङकङका पत्रकारहरुमाथि विभिन्न समयमा भएका आक्रमणका घटनाहरु बारेमा जानकारी दिदै कार्यक्रम आयोजना गर्नुको उदेश्य प्रस्ट्याएका थिए ।
    त्यस लगत्तै नेपालखबर हङकङ संस्करणका सम्पादक जेबी पुन मगरले समाचार सम्प्रेशण गरेकै निहुमा २८ जुनमा स्याङ्जाली काञ्छाको नामले परिचित कोमल गुरुङले हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा अश्लिल गालीगालौज सहित आक्रमणको प्रयास गरेको घटना बारे बताएका थिए । त्यस्तै गरि ज्याप स्टुडियोका प्रोपाइटर विक्रम गुरुङ तथा हङकङ नेपालीडटकमका सम्पादक तुलसी रानामगरले समाचार सम्प्रेशण गरेकै निहुमा तिनै कमल गुरुङ र हिन्सका अध्यक्ष बिनय शाहद्धारा अदालतमा मानहानीको मुद्धा दायर गरेको घटना सुनाउँदै आफूहरु निर्दोष भएको हुंदा नेपाली समाजप्रति सहयोगका लागि अपील गरेका थिए ।
    पत्रकार संघका सचिव देवराज राईद्धारा संचालित उक्त कार्यक्रममा उपस्थित ब्रिटिश गोर्खा भू.पू.सैनिक संघका अध्यक्ष हेम प्रताप गुरुङ, एन.आर.एन.का अध्यक्ष ललित सुब्बा, व्यापार संघका अध्यक्ष प्रकाश पुन, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, सामाजिक अभियन्ता टिका राना, जुनु राना, पत्रकार तथा बौद्धिक व्यक्तित्व चुरा थापा, चेम्बरका अध्यक्ष डासुराम पराजुली, रोशन लिम्बु, संखुवासभा समाज हङकङका अध्यक्ष कर्ण कोरङ्गी, स्याङजा जनसेवा समितिका अध्यक्ष ईश्वर गुरुङ, समीक्षक समाज हङकङका संयोजक हेम कुमार लावती लगायतले विभिन्न जिज्ञासा तथा सुझाव सहित आ–आफ्ना धारणाहरु राखेका थिए ।
    यसरी आफ्नो भनाईहरु राख्ने क्रममा व्यापार संघका अध्यक्ष प्रकाश पुनले गुण्डागर्दी गर्दै हिड्ने केही व्यक्तिहरुले मिडियाकर्मीहरुमाथि मात्रै नभई आफू लगायत हङकङका नेपाली व्यावसायीहरुलाई समेत अनेक धाकधम्की दिदै पैैसा अशुल्ने गरेको पोल खोले । महासंघकी अध्यक्ष रिता गुरुङ तथा चेम्बरका अध्यक्ष डासुराम पराजुलीले नेपालीहरु बीच एकआपसमा भएका घटनाहरुबारे एकैचोटी प्रहरी वा अदालत जादा नेपालीहरुको छबि राम्रो नदेखिने हुंदा दुबै पक्षलाई एकै ठाउँमा राखी यस्तै प्रकारका अन्तक्र्रियात्मक कार्यक्रमहरु मार्फत समस्याको समाधान गर्ने प्रयास गर्नु उपयुक्त हुने धारणा राखे ।
    आफ्नो भनाई राख्ने क्रममा पत्रकार जेबी पुन मगरले हङकङ लगायत विश्वमा रहेका नेपालीहरुले जुन देशमा रहेका छन त्यहि देशको कानुनसंगै नेपालको कानुनलाई समेत पालना गर्नुपर्ने बताए । केही व्यक्तिहरु हङकङको कानुनलाई मात्रै व्याख्या गर्दै अड्डा अदालत धाइरहेको प्रशंग कोट्याउँदै त्यसो हो भने नेपाली पासपोर्ट बोकेर २ सय बढि जातिय, क्षेत्रिय, धार्मिक तथा राजनैतिक संघ संगठनहरु खोल्नुको कुनै अर्थ नरहने उनले बताए ।
    आफ्नो भनाई राख्ने क्रममा वक्ताहरुले समाजमा भएका नराम्रा व्यक्तिहरुलाई केही समाज वा झुण्डले सम्मान गर्दै अझ अरु बढि फटाई गर्न उत्साहित गरिरहेको प्रशंग कोट्याउँदै त्यस्ता खराब प्रवृतिका व्यक्तिहरुलाई समाजले नै निरुत्साहित गर्नु पर्ने औंलाए । त्यस्तैगरि समीक्षक समाजका संयोजक हेम कुमार लावतीले पत्रकारहरुले पनि आचार संहिताको पालना गरि आत्मशुद्धिकरण गर्दै अगाडी बढ्न सुझाव दिएका थिए ।
    पत्रकार संघका अध्यक्ष किसन राईले पत्रकारहरु पनि कुनै अर्को ग्रहबाट आएका वा शुद्ध दुधले नुहाएका नभई यहि समाजको व्यक्ति भएको हुंदा उनिहरुबाट पनि गल्ति कमजोरीहरु हुन सक्ने बताउँदै आउँने दिनहरुमा त्यस्ता गल्ति कमिकमजोरीहरुलाई हटाउँदै निष्पक्ष भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।
    याउ मा तेई कम्यूनिटी सेन्टरमा आयोजित उक्त कार्यक्रममा विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरुका साथै हङकङ नेपाली महासंघ, एन.आर.एन. हङकङ, नेपाल चेम्बर अफ कमर्स, नेपाल ब्यापार संघ लगायत उपस्थित दर्जनौं संघसंस्थाका अध्यक्ष, प्रतिनिधी तथा समाजसेवीहरुले निर्दोष मिडियाकर्मीहरुमाथि भएको घटनाहरुको सम्बन्धमा जुनसुकै प्रकारको सहयोग गर्न तत्पर रहेको जनाएका थिए ।





Hot News

 

SEARCH

Newsletter

Top