Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

तत्कालका लागि सप्तरीका बाढीपीडितले पाउने भए २५ हजार राहात

Monday, 07.10.2017, 03:46pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ असार २०७४  

काठमाडाै

सप्तरीका बाढीपीडितलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि सरकारले तत्काल प्रतिपरिवार २५ रुपैयाँ हजार राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित मा आज बसेको मन्त्रिपरिद् बैठकले टहरा निर्माणका लागि भन्दै र१५ हजार र जस्तापाता खरिदका लागि १० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो । सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवम् विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई २५ हजार राहत उपलब्ध गराउने घोषण गर्नु भएको थियो ।  दुई हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएको बाढीले त्यहाको बाँध भत्काउनुका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेका थिए । बाढीबाट कञ्चनरुप नगरपालिका तथा तिरहुत, रूपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाका लगायत दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको थियो । बाढीबाट सप्तरीका करिब एक हजार ५ सय भन्दा बढी घर डुबानमा परेका थिए । यसैगरी मन्त्रिपरिषद्ले बैठकले सप्तरीका बाढपीडितको बसोबासको व्यवस्था गर्न १५ लाख सहुलियत ऋण दिने पनि निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की जानकारी दिनुभयो । आजको बैठकले प्रतिनिधिसभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिकासंसदमा पेश गर्ने निर्णय समेत गरेको छ ।  


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top