Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

हुन सकेन भरतपुर प्रकरणको सुनुवाई

Monday, 07.10.2017, 03:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ असार २०७४

काठमाडौं

भरतपुर महानगरपालिकाको मत गणनाका क्रममा च्यातिएको मत पत्रक विवाद पश्चात पुनः मतदान वा पुनः मतगणना भन्ने विवादको ज पनि सुनुवाई हुन सकेन । नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईका अनुसार न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुर प्रकरणको सुनुवाईको पेशी तोकिएको थियो । तर, हेर्न नभ्याइने भन्दै साउन २ गतेका लागि सारिएको ।भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई सरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक सरि सकेको छ ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । सबै कागजातहरु दुई साताअघिनै पेश भइसकेका छन् । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गर्‍यो । तर, आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् । एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि मतपत्र च्यातिएको थियो ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top