Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

टीका गुरुङद्वारा गैर अवासीय नेपाली संघ हङकङको अध्यक्षमा उम्मेदवारी घोषणा

Sunday, 07.09.2017, 10:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

सम्बाददाता बगैंचा डटकम हङकङ

६ जुलाई, २०१७ हङकङ । जोर्डन स्थित शुभचिन्तक आगन्तुहरूले भरिभराउ बगैँचा रेष्टुरेन्ट एण्ड पाटी प्यालेशमा श्रीमती राधिका (टीका) गुरुङले गैर आवासीय नेपाली संघ (NRNA) हङकङको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।

कार्यक्रम उद्घोषक देबराज राईले मञ्चमा बोलाए पछि टिकाले आफ्नो उम्मेदवारी घोषणा सहितको हङकङमा रहेर आफूले गरेको समाजसेवा, गतिविधि र ब्यापार ब्यबसाय लगायत स्थापनाकाल देखि एनआरएन हङकङमा सक्रिय रहँदै आएको आदि बारेमा लिखित भाषण पढेर सुनाएकी थिईन ।

सम्वोधन गर्ने क्रममा 'हामी नेपाली विश्वभर जहाँ रहेपनि एकजुट हौं, हामी फुट्ने हैन जुट्ने हो। यसमा म प्रयासरत रहनेछ,’ भन्दै सभामा उपस्थित सामाजिक ब्यक्तित्व र संचारकर्मीहरुबीच सम्बोधन गर्दे उनले- मेरो सामाजिक भूमिकाको मुल्याङकन गर्दै हङकङ सरकारले समेत मलाई सम्मान प्रदान गरेको छ । यस सम्मानलाई नेतृत्व प्राप्त भएपछि थप उचाईमा पुर्याउने प्रतिबद्धता जनाउदै हङकङको स्वतन्त्रता दिवसको अवसरमा हङकङ सरकारले सामाजिक सेवामा योगदान दिएबापत घोषणा गरेको सम्मानलाई बिशेष रुपमा उल्लेख गर्नुको साथै सभामा उपस्थित हङकङका प्रमुख संस्थाका प्रमुखहरुको जमघट रहेको घोषणासभामा आफुलाई निर्वाचित बिजय गराउने वातावरण मिलाईदिन अनुरोध गरेकी थिईन।

एनआरएनए हङकङको छैटौं अधिवेशन अगामी जुलाई २३ मा सम्पन्न हुन गईरहेको छ । उक्त अधिवेशनबाट अध्यक्ष सहित नयाँ नेतृत्व चयन गर्ने छ । गत अधिवेशनमा पनि टीका गुरुङले अध्यक्षमा उमेदवार बनेकी थिइन । तर उक्त चुनावमा ललित लिम्बुले जितेका थिए। यो उमेदवारी घोषणा हुँदासम्म एनआरएनए हङकङको छैठौँ अध्यक्षका लागि वर्तमान अध्यक्ष ललित लिम्बुले निर्बिरोध भएमा पद सम्हाल्ने तर चुनाब नलड्ने भनेका छन् भने अन्य प्रत्यासीहरू मैदानमा देखिएका छैनन् ।

उमेदवारी घोषणा गरेलगत्तै गुरुङहरुको जातीय संस्था तमु ट्यो ह्युल, स्याङ्जा जन सेवा समिति, नेवार समाज हङकङ, मगर संघ हङकङ, म्याग्दी प्रवासी नेपाली संघ हङकङ, लमजुङ सेवा समिति, नमोबुद्ध आमा समूह, हिन्दु समाज हङकङ, बेलायती भूतपूर्व सैनिक संघ, मर्दीखोला सेवा समाज लगायतका सामाजिक संस्थाका प्रमुख तथा प्रतिनीधिहरुले खादा लगाई उनको समर्थन गरेका थिए ।

निर्वाचनका लागि एनआरएन हङकङले नयाँ सददस्य बनाउने र पुराना सदस्य अद्यावधिक गर्ने कार्य गरिरहेको छ। प्रवक्ता किसन राईका अनुसार, नयाँ सदस्य ९ जुलाईसम्म प्रदान गरिनेछ भने पुरानालाई अद्यावधिक गर्न २३ जुलाई सम्मको समय दिईएको छ।

छैठौं अधिवेशन अगामी जुलाई २३ पाकिस्तानी क्लबमा हुन गैरहेकोछ।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top