Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

नेपालको ठूलो कार्पेट उत्पादक कम्पनी यति कार्पेटको फ्याक्ट्री आगोले जलेर नष्ट

Sunday, 06.18.2017, 03:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

४ असार २०७४

काठमाडाै

नेपालको ठूलो कार्पेट उत्पादक कम्पनी यति कार्पेटको फ्याक्ट्री आगोले जलेर नष्ट भएक। शनिबार रातिदेखि लागेकआग ज विहान ७ बजे नियन्त्रणामा लिएकाे थियाे । ८ वटा दमकलले निरन्तर आगो निभाउने प्रयास गर्दा पनि उद्योगमा लागेको आगो निभ्न आठ घण्टाभन्दा बढी समय लागेक थिय । भक्तपुरमा रहेको उक्त उद्योग पूर्णरुपमा जलेर नष्ट भएको जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अगो नियन्त्रणमा खटेका थिए। २५ वर्ष पुरानो उक्त उद्योगमा विद्युतको सर्किट सर्ट हुँदा आगलागी भएको केडियाले जानकरी दिए। वार्षिक १० लाख लिटर कार्पेट उत्पादन गर्ने र नेपाली कार्पेट बजारमा ६० प्रतिशत हिस्सा ओगट्ने यति कार्पेटको उत्पादन अबको ६ महिनासम्म नहुने भएको छ। औद्योगिक क्षेत्रमा यो सबैभन्दा ठूलो क्षति भएको हुनसक्ने आँकलन गरिएको छ। यो आगलागीबाट करिब ० देखि ६० करोड रुपैयाँ बराबरको नोक्सानी भएको कम्पनी संचालक अनिल केडियाले जानकारी दिए। केडियाका अनुसार दुई वटा भवन, पाँच टहरा, पोली फाइबर, केमिकल, रङ्ग, २ वटा गाडी, डिजेल स्टोर, तेल स्टोर जस्ता संरचना नष्ट भएको छ। जुद्ध बारुण यन्त्रका प्रमुख किशोरकुमार भट्टराई पनि यो आगालागीबाट औद्योगिक क्षेत्रमा भएको सबैभन्दा ठूलो क्षति भएको हुनसक्ने आँकलन गर्छन्।नेपालमा यस्ता क्षतिको विवरण राख्ने प्रचलन नभएपनि औद्योगिक क्षेत्रमा यो ठूलो क्षति हुनसक्ने उनको अनुमान छ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top