Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > News

एसईईकाे नतिजा सार्वजनिक

Friday, 06.16.2017, 03:29pm (GMT+6.5)    | Comment | Print | Tell friend

२ असार २०७४

काठमाडाै  

गत चैत पहिलो साता भएकमे माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । १० कक्षाको परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेपनि संशोधित शिक्षा ऐन अनुसार यसवर्षदेखि एसईई बनाइएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । सइई परीक्षाको नतिजा वेभसाइटएसएमएस र नेपाल टेलिकमको आइभिआर सेवाबाट हेर्न सकिन्छ ।  १६०० मा फोन गरेर अथवा आफ्नो सिम्बोल नम्बर एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिनेछ । यसका साथै  कान्तिपूर डिजिटल प्रालीको एसएमएस सेवा अन्तर्गत रिजल्ट स्पेस सिम्बोल नम्बर लेखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिनेछ । यस्तै शिक्षा मन्त्रालयको www.moe.gov.np,शिक्षा विभाग सानोठिमी भक्तपूरको www.doe.gov.np,  परीक्षा नियन्त्रण कार्यालयको www.soce.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np,बाट पनि नतिजा हेर्न सकिनेछ । 

परिक्षामा सहभागी भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये १२ हजार २ सय ८४ जनाले ३ दशमलव ६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गरेका छन् । यस्तै, ४२ हजार ४ सय २७ जनाले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याएका छन् । २ दशमलव ८ देखि ३ दशमलव २ जीपीएमा ५० हजार ६ सय ४६ जना, २ दशमलव ४ देखि २ दशमलव ८ जीपीएमा ६१ हजार ९ सय ५५ जना, २ देखि २ दशमलव ४ जीपीएमा ९१ हजार ३ सय १४ र १ दशमलव ६ देखि २ दशमलव ४ जीपीए ल्याउने १ लाख ८ हजार ४ सय ६४ छन् । १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ रहेका छन् । शून्य  दशमलव ८५ देखि १ दशमलव २० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् । २ सय १९ जनाको परिक्षा रद्ध गरिएको छ । परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गत वर्ष दुई विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । अब सी भन्दा कम ग्रेड पाएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी हुनेछैनन । गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउने व्यबस्था थियो । ग्रेड वृद्धिका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  ए


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top