Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

प्रत्येक बुधबार साँझ बगैचा लाइभ म्यूजिक

Thursday, 06.15.2017, 11:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
     १४ जुन, हङकङ– गीत संगित पारखीहरुको लागि स्थानिय कलाकारहरुको साथमा प्रत्येक बुधबार साँझ ८ देखि ११ बजेसम्म बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा बगैचा लाइभ म्युजिक नाइट शुरु भएको छ ।
     कार्यक्रमको पहिलो दिन गिटारिस्ट बिजय गुरुङ, ड्रमर मोहन लिम्बु र बेस बिधान कोयुको साथमा पवन राई, एल.बि. मुखिया तथा नाम्साङ राईले दर्जन बढि सुमधुर गीतहरु पस्किएका थिए ।


     संगित पारखीहरुको माग, बगैचाको व्यापार प्रबर्धन संगै विशेष गरी प्रतिभावान स्थानिय कलाकारहरुलाई स्थान दिने उदेश्य अनुरुप उक्त साँझको परिकल्पना गरिएको कार्यक्रमका संयोजक मधु कुमार राईले बताए ।
     निःशुल्क प्रवेश रहने उक्त लाइभ म्युजिक साँझमा आगन्तुक पाहुनाहरुलाई एउटा स्टाण्डर्ड ड्रिङक कम्प्लिमेन्ट्री श्वागत गरिने छ भने खाना तथा ड्रिङकहरुमा विशेष छुटको व्यावस्था समेत रहेको बगैचाका म्यानेजिङ डाइरेक्टर हरिचन्द्र राईले बताए ।
     बगैचा लिमिटेड हङकङ अन्तर्गत नेपालीहरुको सामुहिक लगानीमा जोर्डन स्थित ह्याडन प्यालेसको पहिलो तलामा गत सेप्टेम्बरबाट संचालनमा आएको बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस नेपालीहरुद्धारा खोलिएको सबै भन्दा ठूलो, आकर्षक डेकुरेशन तथा ग्राहकहरुलाई श्वास्थ्य एवं श्वादिष्ट खाना दिदै आएको छ । 





Hot News

 

SEARCH

Newsletter

Top