Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > News

'अलग अभियान' जेठ शृङ्खला २०७४

Tuesday, 06.13.2017, 05:48am (GMT+6.5)    | Comment | Print | Tell friend

३० जेठ, ललितपुर । गत शनिवार बरिष्ठ लोक गायिका तीर्थ कुमारी थापा र लेखक-प्राध्यापक डा. विष्णु राईको विशेष उपस्थिति र प्रस्तुतिको साथमा अलग अभियानको जेठ शृङ्खला सम्पन्न भएको छ ।
डा. राईले 'बिरानो', 'अवध नारायण...', 'फेसबुकको फोटो', 'मुखिताङको धामी...', 'यलुङको नयाँ फोटो', 'निर्दोष पहाड' शीर्षकका कविता सुनाए । त्यसैगरी गायिका थापाले 'डाडामाथि बिहानै घाम लाग्यो', 'म त खादिन कुवाको पानी', 'दाई कहाँको ?' लगायतका गीतहरु प्रस्तुत गरिन् । उनलाई युगल गायनमा गायक सङ्गीतकार रत्न वेहोसी बज्राचार्यले साथ दिएका थिए ।  
अतिथिको अलवा कविहरु मुक्तान थेबा, प्रकाश गुरागाई, साङ्केन बान्तवा, वन्दना राई, अविनाश भट्टराई, प्रज्ज्वल अधिकारी, नारायण नेपाल, डिपलभ राई, बालकृष्ण लगायतले कविता वाचन गरे । सुनिता थेगिमले कवि जसराज किरातीको शब्दलाई मण्डल साम्पाङको सङ्गीतमा प्रस्तुत गरिन् भने आभा मुकारुङले साङ्केन बान्तावाको शब्दलाई भिमसेना राईको सङ्गीतमा प्रस्तुत गर्दा वाद्यवादनतर्फ हार्मोनियममा मण्डल साम्पाङ, बासुरीमा पावल थुलुङ, तबला  मादलमा यमकुमार समाल, गिटारमा भिमसेना राई र नाकिमले साथ दिएका थिए । 
अलग अभियानले हरेक महिनाको अन्तिम शनिबार साहित्य र सङ्गीतको शृङ्खला आयोजना गर्दै आएको छ जहा नयाँ पुराना स्रष्टाहरुले गीत कविता प्रस्तुत गर्दछन् । 


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top