Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > News

शान्त केरुङको 'माया धेरै गर्थे तिमिलाई' म्युजिक भिडियो सार्वजनिक

Tuesday, 06.13.2017, 05:10am (GMT+6.5)    | Comment | Print | Tell friend

३० जेठ काठमाडौं।
           नेपाली सांगितिक आकाशमा जम्दै आएका गायक जेपि नेम्बाङको स्वरमा एक धमकेदार म्यूजिक भिडियो ३ हप्ता अगाडी युट्युवमार्फत सार्वजनिक भएको छ । ढेड दशक सम्म हङकङ बसेर हाल बेलायत  बस्तै आईरहेकी शान्ता केरुङ (अमृता) को सब्द रहेको मनै वहलाउने 'माया धेरै गर्थे तिमिलाई' भन्ने गीतलाई ललितपुर जिल्लाको बिभिन्न गाँउवस्तीहरुमा छाँयाकन गरिएको छ । 
           दर्जन भन्दा वढि म्युजिक भिडियोमार्फत आफ्नो सुमधुर स्वरलाई स्रोतामाझ पस्काइसकेका जेपि गायन क्षेत्रका आशालाग्दा युवा प्रतिभा हुन्, गायन मात्र नभई संगीतमा समेत कुशल दख्खल भएका ब्यक्तिहुन । म्यूजिकबाट भविष्य खोजिरहेका अहिलेका ब्यस्त अनी राम्रो संगीतकारको दर्जामा रहेका संगीतकार तारा प्रकाश लिम्बूको संगीत रहेको यस गीतमा  युगल पोमुको निर्देशन, अर्जुन तिवारीको छाँयाकन र निशान घिमिरे जस्ता दक्ष व्यवसायिक सम्पादकले म्युजिक भिडियोलाई अन्तिम रुप दिएका छन् । 
धेरै म्युजीक भिडियोमा मोडलीङ गरिसकेका मोडल निराजन प्रथान, आशा सुहाङ र मेरीना चेम्जोङ जस्ता कलाकार हरुले उक्त भिडियोमा अभिनय गरेकाछन । 


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top