Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > News

राजपाको विभिन्न आन्दोलनका कार्यक्रम घोषणा अनिश्चितकालीन आमहड्ताल

Sunday, 06.11.2017, 09:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ जेष्ठ २०७४
काठमाडौ
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो स्थानीय तहको निर्वाचनमा भाग नलिने भन्दै निर्वाचन असफल बनाउन विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार पार्टी संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले विभिन्न अनिश्चितकालीन आमहड्तालसम्मका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
सरकारसँग कुरा नमिलेपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावविरोधी आन्दोलन घोषणा गरेको हो । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार सिंहदरबारमा भएको छलफल पनि बिनानिष्कर्ष सकिएपछि राजपा आन्दोलनमा उत्रिएकाे हाे । सत्तारुढले आन्दोलनमा नजान आग्रह गरे पनि मुद्दा सम्बोधन नगरी जबर्जस्ती आन्दोलनमा धकेल्न खोजिएको राजपाको भनाइ थियो ।  राजपालाई चुनावमा सहभागी गराउन भन्दै सरकारले आजै राजनीतिक दल दर्तासम्बन्धी ऐन सं शोधनका लागि संसद्माग लैजाने निर्णय गरेको छ ।  सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एक दुई दिनमै ऐन संनशोधन गर्ने तयारी रहेको बताए ।

यस्ता छन् आन्दोलनका कार्यक्रमहरू 


बगैँचा डटकम

Hot News

 

SEARCH

Newsletter

Top