Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > News

राजपाले चुनाव बिथोल्न गोप्य तयारी: उपेन्द्र यादव

Sunday, 06.11.2017, 11:32am (GMT+6.5)    | Comment | Print | Tell friend

२८ जेष्ठ २०७४

काठमाडौं 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी कार्यक्रम बिथोल्न राष्ट्रिय जनता पार्टीले गोप्य तयारी गरेको खुलासा भएको छ । मधेशी जनताको नाममा राजपा कार्यकर्ताहरुले सके यादवमाथि आक्रमण गर्ने नसके चुनावी सभा बिथोल्ने तयारीमा जुटेको उच्च स्रोतको दाबी छ ।

सर्लाही क्षेत्र नं ५ र ६ को सिमानामा पर्ने मधुवनगोठ बजारमा फोरम नेपालले आज दिउासो एक बजे बृहत् पार्टी प्रवेश एवं चुनावी सभा गर्दैछ । कार्यक्रमका प्रमुख अतिथि रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन एवं चुनावी सभाका लागि आइतबार बिहानै सर्लाही प्रस्थान गरिसकेका छन् ।

सर्लाहीमा राजपासहित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका प्रभावशाली नेता एवं कार्यकर्ताहरुको प्रभावशाली समूह आज फोरम नेपालमा प्रवेश गर्दैछ । कार्यक्रम स्थल जाने सडक खण्डमा पहिचान नखुलेका केही व्यक्तिहरुले बिहानैदेखि टायर बालेर विरोध जनाएका छन् । उच्च स्रोतका अनुसार राजपा मण्डलका अध्यक्ष राजेन्द्र महतोको प्रत्यक्ष निर्देशनमा सर्लाहीमा यादवको कार्यक्रम बिथोल्ने रणनीति बनेको हो । 'महतोको निर्देशनमा राजपा सर्लाहीका नेताहरु जंगीलाल यादव, केदार नन्दन चौधरी, शिवपुजन यादव लगायतले यादवको कार्यक्रम बिथोल्न कार्यकर्तालाई खटाइसकेका छन्'- स्रोतले भन्यो,- 'यादवजीको कार्यक्रम बिथोल्ने तयारी दुईदिन अघि नै बनिसकेको छ । राजपाका कार्यकर्ताहरुले कार्यक्रम बिथोल्ने अनि आरोप चााहि आम मधेशी जनतामाथि थोपर्ने उहााको रणनीति छ ।' राजपा मण्डलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला सर्लाहीमा फोरम नेपालका अध्यक्ष यादवमाथि आक्रमण गर्नेदेखि कार्यक्रम बिथोल्नसम्मको रणनीति बनेपछि जिल्लामा केही तनाब देखिएको छ । तर, कुनै अपि्रय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज काडेलले भने,- 'यादवजीलाई अवरोध गर्दै उहााको कार्यक्रम बिथोल्ने तयारी भइरहेको जानकारी हामीले पनि पाएका छौं । त्यही अनुसार सुरक्षा व्यवस्था पनि तयारी अवस्थामा छ ।' स्थिति पूर्णरुपमा नियन्त्रणमा तर पनि सुरक्षा सतर्कताका लागि सशस्त्र प्रहरीको थप सुरक्षा बल कार्यक्रम स्थलमा खटाइसकिएको प्रजिअ काडेलले जानकारी दिए ।

फोरम नेपाल सर्लाहीका अध्यक्ष अशोक यादवले केही उत्तेजित समूह बाहेक बाकी आम मधेशी जनता उपेन्द्र यादवको स्वागतका लागि तयार भएर बसेको जनाएका छन् ।

राजपाका महामन्त्री एवं सर्लाहीका क्षेत्र नं. ५ का सांसद जंगी लाल यादवले भने फोरम नेपालको चुनावी सभा बिथोल्ने आफूहरुको कुनै तयारी नभएको प्रतिक्रिया दिएका छन् । 'उपेन्द्रजीको कार्यक्रम बिथोल्ने हाम्रो कुनै योजना छैन । यो सब निराधार हल्ला मात्रै हो ।'  


महेश चाैरासिया

Hot News

 

SEARCH

Newsletter

Top