Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > News

चूडामणि शर्मालाई थप ६ दिन थुनामा राख्न बिशेष अदालतको अनुमति

Friday, 06.09.2017, 07:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ जेठ २०७४
 काठमाडौं 
बिशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शुक्रबार थप ६ दिन थुना राख्न अनुमति दिएको हो । गत आइतबार पनि शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियो। 
अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समयको माग गर्दै निवेदन दिएको थियो । म्याद थप पछि विभागका निलम्बित महानिर्देशक शर्माले विघटन भइसकेको कर फस्र्यौट आयोगको काम कार्वाही र कागजातमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नरहेको दावी गर्दै उनले आयोगले सरकार, संसद र प्रचलित विधि, प्रक्रिया विपरित बलजफ्ती र बदनियतपूर्ण ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उल्लेख गर्दै न्यायको पक्षमा बोलिदिन सबैमा आग्रह पनि गरे । कर फस्र्यौट आयोगको म्याद २०७२ साल असोजबाटै सकिएको थियो । कर फछ्र्यौट आयोगमार्फत् कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई गत जेष्ठ १९ गते शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top