Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > News

दिवङ्गत पाईलटहरुको सम्झनामा शोक सभा गरियो हङकङमा

Monday, 06.05.2017, 07:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र रा
हवाई दुर्घटनामा दिवङ्गत भएका भोजपुर छिनामखुका नेपाली सेनाका महासेनानी पाईलट क्याप्टेन कैलास गुरुङ तथा भोजपुर साङपाङका पाईलट क्याप्टेन पारस राईको सम्झनामा भोजपुर समाज हङकङले एक शोक सभा आयोजना गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्यो। हिजो आईतवार बिहान जोर्डन स्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना गरिएको उक्त शोक सभामा समाजका अध्यक्ष खडग राईले भने "एक पछि अर्को अकल्पनिय घटनाले सिङ्गो भोजपुर शोकमा डुबेको छ। वहाहरु राष्ट्रका असल सेवक हुनुहुन्थ्यो। राष्ट्रले होनहार सपूत गुमाएको छ। सिङ्गो देशलाई अपुरणिय क्षति पुगेको छ। यो दुखद घडीमा मृतात्माहरुको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रती धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्दछौ।"
भोजपुरे तथा गैर भोजपुरेहरुको उपस्थिति रहेको उक्त शोक सभामा एक मिनट मौन धारण गरिएको थियो। दिप, धुप बाल्दै मृतजनको तस्बिरमा पुष्प गुच्छा चढाएर भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
राई गत मे २७ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान अवतरणको क्रममा दुर्घटना भै ज्यान गुमाएका थिए भने गुरुङ ३० मे का दिन सेनाका स्काईट्रक बाजुरामा आकस्मिक अवतरणको क्रममा दुर्घटना भै मृत्युबरण गरेका थिए।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top