Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > News

टिका माखिमको लघु चलचित्र 'एः सोमिप्मे' आउने तयारीमा

Wednesday, 05.17.2017, 09:06am (GMT+6.5)    | Comment | Print | Tell friend

३ जेष्ट २०७४ काठमाडौ ।
सोल्टा सोल्टीनिहरूसंग ख्याल ठट्टा गर्ने चलन लिम्बु समुदायको गहना जस्तै परम्परा हो । माघेनी मेलादेखि माइवेनी मेलासम्म, सिरिजंगा मेलादेखि पुषे मेलासम्म लगायतका मेला वजारहरू लिम्वु सोल्टा सोल्टीनिहरूका लागि पालाम गाउादै हप्तौसम्म धान नाच्ने, माया प्रेमका भावहरू पोख्ने थलो थियो । आजकल मेला वजारमा धान नाच्ने, पालाम गाउने दृष्यहरू कम देखिन्छन् । आधुनिकताको प्रभावसंगै लोप हुदै गएको आफ्नोपन, संस्कृति अनि जीवनशैलीलाई माया गर्ने कलाकार, गीतकार, निर्देशकहरूले लघु चलचित्र र म्युजिक भिडियोमार्फत जीवन्ता दिइरहेका छन् । यस्तै गाँउघरको झझल्को दिने गरी निर्माण गरिएको लघु चलचित्रको नाम हो  : ए सोमिप्मे । 
ए सोःमिप्मेः सुरित सत्थाङ्लो
आन्छी मिम्जिन इत्तुङीङल ए .... लुङ्मा हिम्थाङ्लो
ए सोःमिप्पे ख्योक्वा चाःमु मेन्लो,                
नेप्माङ आन्छी आवासिन्ने निङ्वा लोम्मेन्लो                            

ए सोल्टीनीज्यू मिठो हावा वहेर आयो
हाम्रो मायाा सम्झदा विरह चलेर आयो
ए सोल्टीज्यू, उच्छवास नलिनु  
हामी संगै हुन्नौ भनी नसोच्नु

हङकङ  कर्मथलो बनाउादै आएका पान्थरे टिका माखिमले गाँउघरमा गाई वस्तु चराउदा अंकुराएको सोल्टीनिको मायालाई लघु चलचित्र मार्फत जीवन्तता दिएका छन । पहिलो प्रेमप्रति समर्पण भन्ने मुख्य कथावस्तु रहेको लघु चलचित्रमा गरिविको कारणले मगनी गर्दा सुनौली रुपौली राख्न नसकेर सोल्टीनिको वाबुले कुटुम्वहरूलाई इन्कार गर्छन । धनी कुटुम्व माग्न आएपछि सोल्टीनिले इन्कार गर्छिन, कालान्तरमा पहिलो प्रेममा माया बसेको फुङ्लेप  (टिका माखिम) र सोल्टीनि ( प्रविन पन्धाक) ले विवाह गर्ने निक्र्यौल गर्छन र केटाको घरमा पुग्छन् । लिम्बु गाउ  वस्तीहरूमा हुने यथार्थ घटनाहरूलाई लिएर निर्देशक लोकेन साँवा ले नयाँ प्रयोगको रुपमा संवादसहित लघु कथानक म्युजिक भिडियो बनाएका हुन । 

कम्तिमा १० मिनेट लामो लघु चलचित्रको पटकथा टिका माखिमले लेखेका हुन् । मनै छुने गीतको रचना र संगीत यासेली योङ्हाङ्ले गरेका छन भने टिका माखिम र मनु नेम्वाङ्ले स्वरको मिठास भरेका छन । ललितपुरको लेले, नखिपोट, जावलाखेललगायतका ठाँउहरूमा छायााकंन गरिएको लघु चलचित्रको छाँयाकार अर्जुन तिवारीले गरेका छन् । लिम्बु भाषाको चलचित्र केबा कोक्माबाट चर्चा कमाउन सफल चर्चित नायिका तथा अधिवक्ता प्रविन पन्धाक र समाजसेवी तथा गायक टिका माखिमको मुख्य भूमिका रहेको लघु चलचित्रमा चन्द्र काम्वाङ्, देशु सुहाङ्, राम मादेन, सुक तुम्रोक, धनवीर साावा, घनेन्द्र नेम्वाङ्, सवनम माखिम, जसमाया चेम्जोङ्, अशेष थोप्रा र विकेश लिम्वुले अभिनय गरेका छन् । डविन र सम्पादन कार्य सम्पन्न भइसकेको लघु चलचित्र निकट भविष्यमा नै नेपाल र हङकङ मा एकैदिन प्रदर्शन गरिने निर्देशक सावाले जानकारी दिएका छन् । 





सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top