Hot News
महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन ; राजपाको निष्कर्ष आन्दोलनमा जाने
Home > News > News

संखुवासभा समाज हङकङद्धारा यू.के. निवासी धर्मराज गुरुङ सम्मानित

Sunday, 05.14.2017, 10:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
     १५ मे, हङकङ–  व्यक्तिगत भ्रमणको शिलशिलामा हङकङ आएका यू.के. निवासी संखुवासभा समाज हङकङका संस्थापक सदस्य तथा संखुवासभा समाज यू.के.का संस्थापक अध्यक्ष धर्मराज गुरुङलाई संखुवासभा समाज हङकङले एक कार्यक्रम बीच सम्मान गर्यो ।
     समाजका अध्यक्ष कर्ण कोरङ्गीको अध्यक्षतामा सम्पन्न उक्त भेटघाट तथा सम्मान कार्यक्रममा समाजका सल्लाहकारद्धय प्रेम कोरङ्गी तथा लालबहादुर गुरुङले १९९६ मा स्थापित संखुवासभा समाज हङकङ स्थापनाका लागि संस्थापक सदस्य धर्मराज गुरुङले निभाउँनु भएको महत्वपूर्ण योगदानको खुलेर प्रशंसा गरेका थिए । मन्तव्यकै क्रममा कार्यक्रमका प्रमुख अतिथि धर्मराज गुरुङले १९९६ मा स्थापित संखुवासभा समाज हङकङले २ दशकको यात्रामा धेरै प्रगति गरेकोमा खुसि व्यक्त गर्दै जिल्लाका अन्य जातीय संघसंस्थाहरुलाई जातीय भन्दा पनि संखुवासभा समाज हङकङले सम्पूर्ण जिल्लाबासीहरुलाई समेट्ने हुंदा त्यसलाई विशेष महत्व दिन सुझाव समेत गरेका थिए ।
    जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रममा समाजका अध्यक्ष कर्ण कोरङ्गीद्धारा प्रमुख अतिथि धर्मराज गुरुङलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो भने सल्लाहकार, कार्य समितिका पदाधिकारी लगायत ठूलो संख्यामा उपस्थित अन्य जिल्लाबासीहरुद्धारा खदा ओढाएर सम्मान गरिएको थियो ।

    समाजका उपाध्यक्ष टोपबहादुर याक्खाको श्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रमलाई सचिव लिलाबहादुर गुरुङले संचालन गरेका थिए ।





Hot News

 

SEARCH

Newsletter

Top