Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > News

शान्ति लिम्बूको उपन्यास 'मिलिजुली’ विमोचन

Sunday, 05.14.2017, 10:04am (GMT+6.5)    | Comment | Print | Tell friend

ललितपुर, वैशाख ३१ ।
उपन्यासकार शान्ति खिम्दिङ् लिम्बूको उपन्यास मिलिजुली’ हिजो शनिबार किरात याक्थुङ चुम्लुङ ललितपुरको भवनमा विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाद्वारा उपन्यास विमोचन भएको हो । वेलायतमा रहँदै आएकी लेखिकाको यो पहिलो उपन्यास हो उनि पेसाले कम्प्युटर इन्जिनियर हुन  ।
 
उपन्यासको समिक्षा गर्ने क्रममा साहित्यकार उपेन्द्र सुब्बाले लिम्बू जातिहरूले कवितामा जसरी सरल रूपले आफ्ना भावना अभिव्यक्त गर्न सक्छन्, आख्यानमा निकै कसरत गर्नुपर्ने हुन्छ, आफु ले पनी धेरै कोसिश गरेको तर अहिले सम्म पुरा नभएको भन्दै शान्ति लिम्बूले भने उक्त कसरत पार गरी उपन्यास नै प्रकाशनमा ल्याउन सफल भएकोमा सह्राना गरेका थिए । अर्का समिक्षक डा. गोविन्दराज भट्टराईले भने पछिल्लो समयमा चारजना सर्जकहरूले फरकफरक परिवेशका कृति ल्याए पनि सार सन्देश मुलुककै चिन्तामा डुबेको बताएका थिए । डा. भट्टराईले अहिले लिम्बू साहित्यकारको अध्ययनसमेत गरिरहेको बताउँदै शान्ति लिम्बू दोश्रो लिम्बू महिला उपन्यासकार भएको दावी गरे । यद्यपि लिम्बू महिला उपन्यासकारको कोणबाट हेर्ने हो शान्ति चौथो हुनसक्छिन् । यसभन्दा अगाडि अप्सरा लावती, मिला इङनाम इक्सा र सरिता विवश पहाङ्गोका उपन्यास बजारमा आएका छन् ।

कार्यक्रमको बिचमै साक्षात्कार कार्यक्रम समेत गरिएको कार्यक्रममा लेखिका शान्तिले उपन्यास लेख्नुको रचनागर्भ र लेखनका बेला गरिएको अध्ययनको चर्चा गरेकी थिइन् । पत्रकार विष्णु सिंगक सँगको साक्षात्कार कार्यक्रममा  बेलायत मा बसेर मिलिजुली लेख्दा कती समय लाग्यो र बेलायतमा लेखेर  पुस्तक चाँहीनेपाल मा   विमोचन गर्नु  के तारगेट थियो की विषेश के थियो जस्ता प्रस्न  सोधिएको थियो । लेखकले आफु एकदमै प्रकृतिसिल र राष्ट्रलाई माया गर्ने लिम्बू नेपाली छोरी हुं संसार को जुनसुकै ठाउँमा गएतापनी रहेतापनी  नेपाली माटोलाई मायागर्ने हुनाले नेपाल मै विमोचन  गरेको बताइन् । निम्बल पब्लिकेशनले बजारमा ल्याएको 'मिलिजुली' मा नेपाल र वेलायतमा रहने नेपालीहरूको कथामा आधारित रहेको छ । 


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top