Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > News

बहुप्रतिक्षित फिल्म 'रातो घर' मा देखिदै उपासना नेम्बाङ

Friday, 05.12.2017, 06:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

२९ बैराख २०७४ काठमाडौ ।

म्युजिक भिडियो र चलचित्र उद्योगमा लोकप्रियता बढाउदै गरेकी उपासना नेम्बाङले कलाकारिता क्षेत्रमा पाइला राखेको एक दशक पुरा भएको छ । संयोगवश भनौ वा कथाको माग, यिनै उपासना नेम्बाङ अभिनित बहुप्रतिक्षित फिल्म 'रातो घर'  यही आउदो महिनाको जेठ १९ गतेबाट देशभर प्रदर्शन हुदैछ । अमेरिका, अष्ट्रेलिया र युरोपका केही मुलुकमा प्रदर्शन भएर लोकप्रियता कमाइसकेको यस फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । 
कुशल नृत्यकर्मीको पहिचान बनाएर अभिनयको दुनियामा प्रवेश गरेकी कलाकार उपासना नेम्बाङको जन्म झापा जिल्लाको धरमपुरमा बुवा नवीन नेम्बाङ र आमा उमा लेछर्बो नेम्बाङबाट भएको हो । मिजासिलो अनि मिलनसार स्वभाव, हस्की आवाज, हासिलो अनुहार र झण्डै मोटो शरीर भएको उनलाई टक्क हेर्दा डान्स गर्न सक्छिन् र भन्ने जो कोहीलाई लाग्न सक्छ । तर उनको जीवन्त अभिनय र जादुमयी नृत्य हेरिसकेपछि लाग्छ, आखिर डान्स र अभिनय शरिर मात्रले गर्ने होइन रहेछ । 

कलाकार नेम्बाङले आफू दुई कक्षा पढ्दाखेरी नै टेलिभिजन हेरेर डान्स सिक्ने गर्थिन् । त्यतिखेर चर्चित अभिनेत्री गौरी मल्लको नृत्य हेरेर उनी प्रभावित हुन्थिन् । उनलाई गौरी मल्लको अभिनय र नृत्य अनि कृष्टि मैनालीको हाउभाउ ज्यादै मन पर्छ रे । कक्षा आठमा हुदा  नै डान्सिङ क्वीन भइन् भने २०६३ सालमा झापा जिल्लास्तरीय डान्स कम्पिटिसन पनि उनले हात पारिन् । त्यस्तै, कक्षा आठमा हुदाा नै म्युजिक भिडियो प्रोजेक्टमा र कक्षा नौमा अध्ययनरत हुदा नेपाली फिल्ममा काम गर्ने अवसर अनि अनुभव बटुल्ने सौभाग्य प्राप्त गरिन् । 

डान्सर भएर कलाकारितामा प्रवेश गरेका उनले मोडलिङ हुदै म्युजिक भिडियो अनि डिजिटल फिल्म र हाल आएर उनी फिचर फिल्मको कुशल अभिनेत्रीको पहिचान बनाइसकेकी छिन् । यसका अलावा उनी स्टेज शोहरु पनि गरिरहेकी छिन् । टिनएजर हुदा उनलाई डान्सिङको शौख यति थियो कीे स्कुल लेभलसम्म अध्ययन गर्दा आधा दर्जनजति प्रोजेक्टमा काम गरिसकेकी थिइन् तर पनि उनको लगाव भने डान्सिङमा नै थियो । तर जब काठमाण्डौदेखि नै एकाएक म्युजिक भिडियो र फिल्मको लागि अफर आयो अनिमात्र उनले आफूलाई अभिनयको लागि पो जन्मेको रहेछु भन्ने भान भयो । त्यसपछि औपचारिक रुपमै उनले कलाकारितामा समर्पण गरिन् र त्यसमै मज्जाले जीवनयापन पनि गरिरहेकी छिन् । तर उनलाई एयर होस्टेस बनाउने उनको बुवाको सपना भने समाप्त भयो । 


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top