Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > News

हङकङमा नेपाली नयाँ वर्षको रौनक

Wednesday, 04.19.2017, 12:18am (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
     १४ अप्रिल, हङकङ– दशैं, तिहार, साकेला, ल्होसार लगायतका नेपाली चाड पर्वहरु भव्य रुपले मनाउँदै आएका हङकङबासी नेपालीहरुले अन्य चाड पर्वहरुलाई समेत उत्तिकै महत्वका साथ मनाउँदै आएका छन् । यसै सन्दर्भमा नेप्लिज इन्टरटेनमेन्ट ग्रुप हङकङद्धारा नेपाली नयाँ वर्ष २०७४ को अवसरमा स्थानिय कलाकारहरुको साथमा लाइभ ब्याण्ड तथा डिजे सहितको सांगितक साँझ सम्पन्न गर्यो । 


     ग्रुपद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा पहिलो पटक आयोजना गरिएको द विगेस्ट म्युजिकल एण्ड डान्स इभेण्ट इन हङकङमा प्रमोद सेटिलिङ लिम्बु, सावित्री राई, झुमा राई, विजय गुरुङ, राज तामाङ, यादव राई, पवित्रा राई लगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए ।
    कार्यक्रम आयोजना गर्नुको उदेश्य इभेण्ट मार्फत स्थानिय तथा नव कलाकारहरुलाई प्रमोट गर्नुका साथै कार्यक्रमबाट बचत भएको रकम नेपालका टुहुरा तथा असहाय बालबालिकाहरुलाई आर्थिक सहयोग गर्ने रहेको ग्रुपका संयोजक मधु कुमार राईले बताए ।
     प्रथम चरणको लाइभ ब्याण्डको मनोरञ्जनसंगै डिजे किशोर चेम्जोङको साथमा रातको ३ बजे सम्म नाचेर भरपुर मनोरञ्जन गरिएको उक्त कार्यक्रममा उत्कृष्ट पहिरन तथा नृत्यमा पुरष र महिला तर्फ २–२ जनालाई पुरस्कृत समेत गरिएको थियो ।









Hot News

 

SEARCH

Newsletter

Top